Play

कास्की आदर्श समाजको अन्तराष्ट्रिय समितिमा विभिन्न मनोनयन, कस्केली विश्व सम्मेलन दुबईमा गर्ने निर्णय

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाबाट विभिन्न मुलुकमा विभिन्न पेशा र ब्यबसायको शिलशिलामा बसेकाहरुको संस्था ‘कास्की आदर्श समाज’ अन्तर्राष्ट्रिय परिषद्को बैठकले संरक्षक परिषद र सल्लाहकार समिति चयन गर्नुको साथै भविष्यमा संस्थाले गर्ने विभिन्न योजनाहरु तय गरेको छ। आगामी दुई बर्षको कार्यकालमा समाजको कार्ययोजना समेत बैठकमा छलफल गरि पारित गरिएको छ।

बैठकले विश्व कस्केली सम्मेलन यहि बर्ष भित्र दुबईमा गर्ने निर्णय गर्दै आबश्यक तयारी गर्नको लागि उपाध्यक्ष बिकास शाही र महासचिब केदार कुंवरलाई जिम्मेवारी दिने निर्णय गरेको छ। बैठकको मिति लगायत अन्य बिषयमा आगामी बैठकमा छलफल गरि निर्णय गरिने अध्यक्ष शिब बानियाले गुरुकुल खबरलाई जानकारी दिए।

संस्थाले नेपालमा आफ्नो भवन निर्माण गर्ने योजना समेत अगाडी सारेको छ। भवन निर्माणको लागि सरकारसंग जग्गा माग गर्ने र परराष्ट्र मन्त्रालयमा संस्था दर्ता गर्ने लगायतका आबश्यक काम गर्नको लागि अध्यक्ष बानियालाई नै जिम्मेवारी दिने निर्णय समेत बैठकले गरेको छ। हाल  २५ वटा भन्दा बढी मुलुकमा कास्की समाज संगठित भएको कारण सबै देशबाट सहयोग प्राप्त हुने विश्वासका आधारमा भवन निर्माण गर्ने योजना अगाडी सारिएको हो।

बैठकले कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्को संरक्षक परिषद र सल्लाहकार समिति गठन गरेको छ।

नबगठित संरक्षक परिषदमा विश्वराज वास्तोला (अमेरिका), तिलकशाली सापकोटा (नेपाल), शिव प्रसाद पौडेल (जापान), दुर्गा प्रसाद सुवेदी (बेल्जियम), केदारनाथ ढुंगाना (स्पेन), विमल सुवेदी (कतार) लाई राखिएको छ भने  सल्लाहकार समितिमा निरज थापा (नेपाल), रामचन्द्र अधिकारी (अमेरिका), अमृता (कन्चन) थापा (चाइना), गुप्त शेखर पौडेल (यूएई), गोविन्दराज पहारी (नेपाल), मनोज कुमार सैंजु (यूएई), विकास श्रेष्ठ (जापान) , भूवानी प्रसाद तिमिल्सीना (यूएई), टेक गुरुङ (अमेरिका) , गणेशराज पहारी (नेपाल), सन्तोष पहारी (अमेरिका), प्रकाशलाल श्रेष्ठ (नेपाल), हेमराज बराल (अमेरिका) , कृष्ण गिरि (डेनमार्क) , देवेन्द्र कुँवर (यूके) , बल बहादुर कार्की (स्पेन), पुष्प केसी (स्पेन), डा. रमिल अधिकारी (न्युजिल्याण्ड), डिल्लीराम भण्डारी (बेल्जियम), डा. मुकुण्द वास्तोला (यूके)लाई राखिएको छ।

समाजको कानुनी सल्लाहकारमा बरिष्ठ अधिबक्ता कृष्णप्रसाद तिमिल्सिना, प्रबक्तामा रमेश खत्री (क्यानाडा), सचिबमा पुजा शाह (नेपाल), युवा संयोजकमा पोर्चुगलका सबिन पौडेल, केन्द्रीय सदस्यमा कतारका प्रकाश बिश्वकर्मा, स्पेनकी गंगादेवी शर्मा र पोर्चुगलका अर्जुन भण्डारीलाई मनोनित् गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा निवर्तमान संरक्षक र सल्लाहकार सदस्यहरूले संस्थाको हितका लागि महत्वपुर्ण काम गरेको भन्दै उनीहरूले पुर्याएको योगदानको सराहना गरिएको थियो।

बैठकमा समाजका अन्तराष्ट्रिय अध्यक्ष शिव वानियाले निवर्तमान संरक्षक र सल्लाहकार सदस्यहरूले कास्की आदर्श समाजलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान र प्रतिष्ठा दिलाउन ठूलो योगदान पुर्याउनुभएको र वहाँहरुको योगदानको मूल्याङ्कन गर्न र आगामी कार्य योजनामा वहाँहरुको अनुभवलाई समावेश गर्न आफुहरु प्रतिबद्ध रहेको जानकारी दिए।

महासचिव केदार कुँवरले कास्की आदर्श समाजलाई विश्वभरिका कस्केली समुदायको आवाज बनाउन र संस्थालाई एक समृद्ध र सशक्त संस्थामा रूपान्तरण गर्नको लागि अग्रजहरुको मार्गदर्शन र उत्साहजनक सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे।

बैठकले संस्थाको वेबसाइट निर्माणको लागि उपाध्यक्ष डा. प्रदीप अधिकारीलाइ संयोजक र क्षेत्रिय संयोजक नबिन पौडेललाई सहसंयोजक तोकेको छ। सदस्यता परिचयपत्र निर्माणको लागि उपाध्यक्ष सन्तोष तिमिल्सिना र महासचिब केदार कुँवरलाई क्रमश संयोजक र सहसंयोजक तथा महिला शिप विकास तालिम संचालन गर्नको लागि उपाध्यक्ष शान्ति देबी अधिकारी र नेपालको बरिष्ठ उपाध्यक्ष पुजा गिरिलाई संयोजक र सहसंयोजकको जिम्मेवारी दिईएको छ।

शैक्षिक अक्षयकोष संचालनको लागि बरिष्ठ उपाध्यक्ष बिशाल ढुंगानालाई संयोजक चयन गरेको उक्त बैठकले विश्व सम्मेलनको तयारीको लागि उपाध्यक्ष बिकाश शाही र महासचिब केदार कुँवरलाई संयोजक र सहसंयोजकको जिम्मेवारी दिएको छ। संस्थाको बिस्तार गर्ने र सदस्यता समेत बिस्तार गर्नको लागि उपाध्यक्ष सन्तोष तिमिल्सिना, उपमहसचिब इन्द्रकमल राजभाट, सचिब द्वय राजेश सुबेदीर मोहन गौतम र क्षेत्रिय संयोजकहरुलाई जिमेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी आपतकालीन राहतकोष संचालन गर्न कोषको संयोजकमा संस्थाकी संरक्षक सितादेबी बास्तोला बराल, कोषाध्यक्ष विकास अधिकारी र राष्ट्रिय समितिका अध्यक्षहरुलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकको अध्यक्षता समाजका अन्तराष्ट्रिय अध्यक्ष शिव वानियाले गरेका थिए भने महासचिव केदार कुँवरले बैठकको संचालन गरेका थिए ।

६ माघ २०८१, आईतवार ०८:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा