Play

सराङकोटमा हुने महायज्ञको बैदेशिक प्रचार संयोजकमा बानिया मनोनित

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -१८ सराङकोटमा यहि फागुन १४ देखि २१ गतेसम्म हुन लागेको श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको विदेशमा प्रचार प्रसार गर्नको लागि शिब बानिया संयोजक रहेको बैदेशिक नेटवर्क प्रचार प्रसार समिति गठन गरिएको छ।श्रीमदभागवत ज्ञानमहायज्ञ एबम सराङकोट महाउत्सब -२०८१ का अध्यक्ष प्रेमबहादुर जिसीले बनियालाई बैदेशिक प्रचार प्रसारको संयोजकको जिम्मेवारी दिएको बताए ।

सराङकोट स्थायी घर भएका शिब बानिया केहि बर्षदेखी अमेरिका बस्दै आएका छन् हाल उनि कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष समेत हुन। संयोजकमा मनोनित भएका बानियाले प्रचार संयोजकको रुपमा प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने र सराङकोट क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि  आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष जिसीले गुरुकुल खबरलाई जानकारी दिए।

सराङकोटमा हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, एक सय आठ शिवलिङ, एक सयआठ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमेकालिका, स्वागतद्वारको निर्माण भएको र त्यसका लागि हालसम्म ३५ करोड रुपैया भन्दा बढी खर्च भइसकेको छ । ति संरचनाको उद्घाटन महाशिबरात्री पर्वको दिन फागुन १४ गते गरिने भएको छ। साथै सोहि दिनबाट श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव पनि शुरु गरिने भएको छ ।

सराङकोटको डांडामा भौतिक संरचना निर्माणमा ३५ करोड खर्च भएको दाबी, १५ करोड अझै खर्च गर्ने

२ फाल्गुन २०८१, शुक्रबार ०९:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा