पोखरा, पांच करोड रुपैया पर्ने टल्कने बहुमुल्य ढुंगा दिन्छु भनेर प्रभावमा पार्न सफल भएका र सोहि ढुंगा दिने बहानामा १३ लाख ५० हजार ठगि गरेको अभियोगमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
कुन्तीसुब्बा गुरुङलाई प्रभावमा पारेर पटक पटक गरि १३ लाख ५० हजार रुपैया लिने तीनजनामा पर्बत फलेवास नगरपालिका घर भई हाल पोखरा -१७ छोरेपाटन बस्ने ३१ बर्षीय इन्दिरा बिक, सोहि ठाउँ बस्ने ३६ बर्षीय राजन बिक र खोटांग जिल्लाको हलेसी नगरपालिका -१ बस्ने जुनु भन्ने लक्ष्मी राई रहेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी अविनाश दिप जिसीले गुरुकुल खबरलाई जानकारी दिए।
उनीहरुलाई यहि माघ २४ गते बिहिबार पोखराको लेकसाइड पक्राउ गरिएको थियो। पक्राउ परेका उनीहरुको घर कोठा खानतलासी गर्दा इन्दीरा र राजनको कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा छ थान, रातो रङको ढुङ्गा एक थान गरी जम्मा ७ थान, बिभिन्न बैकका रु. एकतिस लाख बराबरका चेक र चारवटा मोवाईल समेत फेलापारीठगी अभियोगमा मुद्दामा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट सातदिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।