Play

पांच करोड पर्ने ढुंगा दिन्छौं भनि तेह्र लाख बढी ठगि गर्ने तीनजना लेकसाइडबाट पक्राउ

गुरुकुल खबर


पोखरा, पांच करोड रुपैया पर्ने टल्कने बहुमुल्य ढुंगा दिन्छु भनेर प्रभावमा पार्न सफल भएका र सोहि ढुंगा दिने बहानामा १३ लाख ५० हजार ठगि गरेको अभियोगमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

कुन्तीसुब्बा गुरुङलाई प्रभावमा पारेर पटक पटक गरि  १३ लाख ५० हजार रुपैया लिने तीनजनामा पर्बत फलेवास नगरपालिका घर भई हाल पोखरा -१७ छोरेपाटन बस्ने ३१ बर्षीय इन्दिरा बिक, सोहि ठाउँ बस्ने ३६ बर्षीय राजन बिक र खोटांग जिल्लाको हलेसी नगरपालिका -१ बस्ने जुनु भन्ने लक्ष्मी राई रहेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी अविनाश दिप जिसीले गुरुकुल खबरलाई जानकारी दिए।

उनीहरुलाई यहि माघ २४ गते बिहिबार पोखराको लेकसाइड पक्राउ गरिएको थियो। पक्राउ परेका उनीहरुको घर कोठा खानतलासी गर्दा इन्दीरा र राजनको कोठाबाट  सेतो रंगको पारदर्शी ढुङ्गा छ थान, रातो रङको ढुङ्गा एक थान गरी जम्मा ७ थान, बिभिन्न बैकका रु. एकतिस लाख बराबरका चेक र चारवटा मोवाईल समेत फेलापारीठगी अभियोगमा मुद्दामा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट सातदिनको  म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

२५ माघ २०८१, शुक्रबार २१:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा