Play

सरकारले कर आतंक मच्चायो, अब सडक संघर्षको विकल्प छैन – अध्यक्ष,आम जनता पार्टी

गुरुकुल खबर


पोखरा, सरकारले कर आतंक मच्चाएको कारण अब सडक संघर्षको विकल्प नरहेको कुरामा आम जनता पार्टीका नेताहरुले जोड दिएका छन। पूर्व मन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बर्तमान सरकारले गिरी बन्धु टिस्टेट, वाइडबडी, नक्कली भुटानी शरणार्थी, यती ओमन्नी लगायत भ्रष्टाचार भएका ठुला काण्डको छानबिन गर्न नचाहेको आरोप लगाए।  ‘यी काण्डमा सत्तारुढ दलका नेता वा तिनका समर्थक संलग्न रहेकोले सरकारले छानबिन गर्न चाहेको छैन’ शाहले भने ।

आम जनता पार्टीले शनिबार पोखरामा गरेको गण्डकी प्रदेश स्तरीय ‘कर आतंक विरुद्धको बृहत भेला’ कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रमका प्रमुख बक्ता समेत रहेका पूर्व मन्त्री शाहले पोखराका उद्योगी व्यवसायीबाट कर लिने सरकारले पोखराको पर्यटकीय विकासका लागि भने खासै चासो नदिएको आरोप लगाए ।

पोखराका उद्योगी, व्यवसायीसँग सरकारले मनोमानी कर लिइरहेको भए पनि यहाँको पर्यटकीय सम्पदाको जर्गेना गर्न नसकेको भन्दै उनले सबै तहका सरकारले पोखराको बिकासको लागि महत्वपुर्ण कम गर्न नसकेको आरोप लगाए ।

पोखरामा पर्यटकीय प्रहरी न्यून मात्रामा रहेको बताउँदै ती पर्यटकीय प्रहरीकै बेहाल रहेको साहले बताए । पर्यटकीय प्रहरीकै अवस्था कहालीलाग्दो रहेको बताउँदै उनले पर्यटकको शान्ति, सुरक्षाको काम कसरी प्रभावकारी हुन्छ भन्ने बारेमा उनले सरकारसँग प्रश्न गरे । साथै वैदेशिक पर्यटकलाई भित्र्याउनका लागि सरकारसँग कुनै योजना नै नभएको र झन्डै दुई तिहाइ बहुमतको सरकार हचुवाको भरमा मनोमानी अध्यादेशमार्फत चलिरहेकाले जनताले यो सरकार फाल्न खोजिरहेको बताए ।

आम जनता पार्टीका गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा आजपा वरिष्ठ उपाध्यक्ष तिलक थापामगर, त्रिभुवन साह लगायतका नेताहरूले आआफ्नो भनाई राखेका थिए ।

१९ माघ २०८१, शनिबार १८:२७ मा प्रकाशित
Nabintech