Play

नेपाली कांग्रेसको केन्द्रीय समितिमा निर्बाचित को को ? चुनाब हार्ने कस्केली नेताहरु को को ?

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि गगन थापा सभापति रहेको नयाँ कार्यसमिति चयन भएको छ । यहि असोज १८ गतेबाट २३ गतेसम्म काठमाडौँमा सम्पन्न पार्टीको १५ औं महाधिबेशनबाट थापाको नेतृत्वमा २३१ सदस्य कार्यसमिति चयन भएको हो । कांग्रेस विधानमा २९७ सदस्यीय केन्द्रीय समिति हुने उल्लेख छ ।

बिधानको ब्यबस्था बमोजिम ६६ जना केन्द्रीय सभापतिले मनोनयन गर्ने भएकाले महाधिवेशनबाट २३१ सदस्य छानिएका हुन् । २३१ जनामध्ये २ पदाधिकारी र १ सदस्य निर्विरोध निर्वाचित भए । गत असोज २३ गतेबाट शुरु भएको निर्वाचनको मतगणनाको अन्तिम परिणाम शुक्रबार बिहान सार्बजनिक भएको हो । सभापतिमा निर्वाचित थापाको शपथ आज शनिबार दिउँसो गरिने निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले जानकारी दिए ।

कटुवालले सभापतिको शपथ शनिबार गर्ने र अन्यको भने दसैँपछि नै हुने बताए । उनले भने, ‘सभापतिको शपथमात्र शनिबार दिउँसो २ बजे हुन्छ । अन्य त कतिपय दसैँ मनाउन जिल्ला जिल्लामा गइसक्नु भएको छ । उहाँहरूको एकैपटक दसैँपछि हुन्छ ।’ सभापति बाहेकको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दसैँ लगत्तै गर्ने तयारी भएको छ । त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् ।

वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, महिला उपसभापति पुष्पा भुसाल र काठमाडौँ उपत्यका महिला प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भइन् । बाँकी पदमा भने प्रतिस्पर्धाका आधारमा पदाधिकारी र सदस्य चयन गरिएको हो ।

सभापतिमा श्यामकृष्ण खड्कीलाई पराजित गर्दै गगन थापा निर्वाचित भए । उनी खसेर सदर भएको मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दै निर्वाचित भए । सभापतिमा सदर भएको ६ हजार ९५९ मतमध्ये थापाले ६ हजार ५८४ मत पाए भने खड्कीले ३७५ मत पाएका थिए । खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई.मधु आचार्य निर्वाचित भए । समावेशी उपसभापतिमा उद्योगपति विनोद चौधरी निर्वाचित भए । खुला महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर जबरा तथा महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त निर्वाचित भए ।

१० क्लस्टरका ११ सहमहामन्त्रीमा निर्वाचन भयो । सहमहामन्त्री (महिला)मा प्रतिमा गौतम, सहमहामन्त्री (खुला)मा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, सहमहामन्त्री (आदिवासी जनजाति)मा बहादुर सिंह लामा (तामाङ), सहमहामन्त्री (दलित)मा प्रकाश रसाइली (स्नेही), सहमहामन्त्री (मधेसी)मा अजयकुमार चौरसिया, सहमहामन्त्री (खसआर्य)मा मनोजमणि आचार्य, सहमहामन्त्री (थारु)मा योगेन्द्र चौधरी, सहमहामन्त्री (मुस्लिम)मा डा. फिरदोश आलम, सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा जीवनबहादुर शाही, सहमहामन्त्री (अल्पसंख्यक अपांगता)मा आङ्गेलु शेर्पा निर्वाचित भए ।

केन्द्रीय सदस्य (महिला खुला) मा १५ जना निर्वाचित भए । जसमा पार्टीको प्रतिनिधि सभामा प्रमुख सचेतकसमेत रहेकी वासना थापा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भइन् । उनीसँगै उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), कल्पना तिवारी, रिता थापा मगर, गंगा दाहाल र उमा दाहाल निर्वाचित भए ।

केन्द्रीय सदस्य (प्रत्यक्ष खुला)मा सबैभन्दा बढी मत ल्याएर ललितपुर महानगर पालिकाका प्रमुख चिरी बाबु महर्जन निर्वाचित भए । त्यसपछि प्रतिनिधि सभाका सचेतक निश्कल राईले दोस्रो बढी मत ल्याएर निर्वाचित भए । ईन्द्रबहादुर बानियाँ, प्रा.डा. गोविन्द पोखरेल, ई. मोहन आचार्य, जितनारायण श्रेष्ठ, प्रबल थापा, गणेश लामा, राजीव कोइराला, हिमालदत्त श्रेष्ठ, डा. शोभाकर पराजुली, विद्वान गुरुङ, अर्जुनप्रसाद जोशी, ई. अमृत ज्ञवाली, ई. नवराज त्रिपाठी, सन्दीप राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, मिन कृष्ण महर्जन, बलदेव तिमिल्सिना, महेश खरेल, जन्मजय तिमिल्सिना, युवराज पाण्डेय, कुमार लुइटेल, ई. ऋषि कोइराला, ई. दिपकबाबु कँडेल, उज्ज्वलप्रसाद बराल, किरण केसी, दीपक भट्टराई, महेन्द्रकुमार शर्मा, डा. सुरजराज काफ्ले, डा. मुकेशराज काफ्ले, मदनकृष्ण श्रेष्ठ, प्रमोदहरि गुरागाईं, लेखनाथ पोखरेल, किरणकिशोर घिमिरे, रवि सिंह, डा. कृष्णप्रसाद पौडेल, तिलबहादुर रानाभाट, प्रदीपकुमार सुनुवार, प्रकाश सिंह कार्की, डा. मुक्तिराज श्रेष्ठ, कृष्ण रिजाल, निलकण्ठ रिजाल र सुधांशु कोइराला निर्वाचित भए ।

आदिवासी जनजाति खुला केन्द्रीय सदस्यमा १२ जना र आदिवासी जनजाति महिलामा ८ जना गरी २० केन्द्रीय सदस्य चुनिए । जनजाति खुलामा तीर्थ लामा, ई.अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्माछिरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गल्जे लामा (शेर्पा), वंशलाल तामाङ, अमृत गुरुङ, सुशील गुरुङ निर्वाचित भए । आदिवासी जनजाति महिलामा गीता गुरुङ, डा. गंगालक्ष्मी अवाल, रेनुका काउँचा, सपना राजभण्डारी जोशी, सिताकुमारी राना, प्रमिला राईलिलादेवी बोखिम लिम्बु र पुनम लामा निर्वाचित भए ।

दलित क्लस्टरबाट दलित महिला ५, दलित मधेसी १ र दलित खुला ८ गरी १४ केन्द्रीय सदस्य चुनिए । दलित महिला सदस्य ५ जनामा सिता मिजार, शान्ति परियार बिक, रुपा बिक, कमला नेपाली र छायाा सुनार निर्वाचित भए । दलित मधेसीबाट धमेन्द्र पासवान निर्वाचित भए । दलित खुला ८ जनामा डा. डिबी सुनार, सागर परियार, शरिशरण नेपाली, शिवबहादुर सुनार, मन्जित ताम्राकार, राजु परियार, अम्बरबहादुर बराइली र दीपक सोनी निर्वाचित भए ।

मधेसी क्लस्टरबाट १३ केन्द्रीय सदस्य चुनिए । त्यसमा मधेसी खुलामा ८ र मधेसी महिलाबाट ५ सदस्य चुनिए । मधेसी खुलाबाट अनिलकुमार रुंगटा, रामकृष्ण यादव, डा. गरिवदास ठाकुर, दिनेशकुमार यादव, जितेन्द्रनारायण देव, असर्फी शाह, मि.अशोककुमार शाह र उमेशचन्द्र यादव निर्वाचित भए । मधेसी महिलामा डा. मधुकुमारी ठाकुर, रेखाकुमारी यादव, अञ्जु झा, मिनाक्षी झा र गिताकुमारी यादव निर्वाचित भए ।

खसआर्य क्लस्टरबाट १८ केन्द्रीय सदस्य चुनिए । जसमा खसआर्य खुला १० र महिला ८ गरी १८ सदस्य चुनिएका हुन् । खसआर्य खुलामा ई.लक्ष्मण के.सी., भीम पराजुली, जगदिश चन्द्र उपाध्याय, राजेन्द्र केसी, जनार्दनसिंह क्षेत्री, उत्तमराज जोशी, अनुज चापागाँई, कृष्णप्रसाद कोइराला, माइकल रामचन्द्र अर्याल र गणेश सापकोटा निर्वाचित भए । खसआर्य महिला ८ जनामा डा. भद्रा पराजुली भण्डारी, जानुका पन्त, गिता देवकोटा, कृष्णकुमारी बस्नेत, विनिता अधिकारी, जानकी सिंह, देवकी गौतम र चम्पादेवी खड्का निर्वाचित भए।

थारु क्लस्टरबाट खुला ४ र महिला २ गरी ६ सदस्य निर्वाचित भए । थारु खुलामा डा. भोगेन्द्र प्रसाद चौधरी, जनकराज चौधरी, वेदनारायण गच्छदार र साजनकुमार महतो निर्वाचित भए । थारु महिलाबाट डा. जीवन राना र डा. प्रमिलाकुमारी गच्छदार निर्वाचित भए ।

मुस्लिम क्लस्टरबाट ५ सदस्य निर्वाचित भएका छन् । त्यसमा ३ मुस्लिम खुला र २ मुस्लिम महिला छन् । मुस्लिम खुलामा डा.अताबुल मंसुरी, मो.इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भए भने मुस्लिम महिलामा जमिला खातुन र सनम बेगम निर्वाचित भए ।

पिछडिएको क्षेत्र कलस्टरबाट एक खुला र एक महिला गरी २ सदस्य निर्वाचित भए । खुलाबाट दिपकजंग शाह र महिलामा सुशीला बम निर्वाचित भए । अल्पसंख्यक अपांगताबाट अर्जुन शेरचन र प्रकाश पन्थ निर्वाचित भए ।

कोशी प्रदेशबाट खुला ३, महिला १ र ३५ वर्ष मुनिका २ गरी ६ जना निर्वाचित भए । कोशी प्रदेश खुलामा डम्बरबहादुर खड्का, मेदनीप्रसाद सिटौला र दीपनकुमार श्रेष्ठ निर्वाचित भए । कोशी प्रदेश महिलामा मृदुला कोइराला निर्वाचित भइन् । प्रदेशको ३५ वर्ष मुनिको युवा खुलामा ई हेमकाजी बस्नेत निर्वाचित हुँदा महिलामा डा. याशिका भट्टराई निर्वाचित भइन् ।

मधेस प्रदेशबाट खुला ३, महिला १ र ३५ वर्ष मुनिका युवा २ गरी ६ जना निर्वाचित भए । खुला ३ जनामा डा. अञ्जनीकुमार झा, शम्भुबहादुर बुढाथोकी र विनोद खनाल तथा महिलामा मेघा शाही निर्वाचित भए । ३५ वर्ष मुनिको खुलामा गौरव पाण्डे तथा ३५ वर्ष मुनि महिलामा ममता शर्मा निर्वाचित भए ।

बागमती प्रदेश खुला ३, महिला १ र ३५ वर्ष मुनिका युवामा २ गरी ६ जना निर्वाचित भए । खुलामा प्रा.डा. सूर्यकान्त घिमिरे, ई.रोहित पौडेल र सन्तोष चालिसे निर्वाचित भए । महिलामा हरिप्रभा खड्की तथा ३५ वर्ष मुनिको खुलामा अंशुल केसी तथा ३५ वर्ष मुनिको महिलामा रजनी थापा निर्वाचित भए ।

गण्डकी प्रदेशको खुला ३, महिला १ र ३५ वर्ष मुनिका २ गरी ६ केन्द्रीय सदस्य निर्वाचित भए । खुलामा किरणबाबु श्रेष्ठ, रेशमहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भए । महिलामा सरस्वती अर्यात तिवारी तथा ३५ वर्ष मुनिको युवा खुलामा ई. सुवास पौडेल, महिलामा डा. कला पन्त निर्वाचित भए ।

लुम्बिनी प्रदेशको खुला ३, महिला १ र ३५ वर्ष मुनिको युवा २ जना गरी ६ जना निर्वाचित भए । खुलामा कमलकिशोर घिमिरे, अमरबहादुर भण्डारी र प्रचण्डविक्रम न्यौपाने (गुण्टु) तथा महिलामा बालकुमारी भण्डारी निर्वाचित भए । ३५ वर्ष मुनिको युवा खुलामा अनुराग खड्का र महिलामा सुष्मा पाण्डे निर्वाचित भए ।

कर्णाली प्रदेशको खुलामा ३, महिलामा १ र ३५ वर्ष मुनिका २ गरी ६ सदस्य निर्वाचित भए । खुलामा राजिवविक्रम शाह, खड्गबहादुर शाही र दिक्पालकुमार शाही तथा महिलामा रामदेवी खड्का निर्वाचित भए । ३५ वर्ष मुनिको खुलामा मोहन राना निर्वाचित हुँदा महिलामा भगवती शाही निर्वाचित भइन् ।

सुदूरपश्चिम प्रदेश खुलामा ४ र महिला १ र ३५ वर्ष मुनिका युवा २ गरी ६ सदस्य निर्वाचित भए । सुदूरपश्चिम खुलामा जनक चटौत, दिवानसिंह विष्ट र बहादुरसिंह थापा निर्वाचित भए भने महिलामा अम्बिकाकुमारी चलाउने निर्वाचित भइन् । सुदूरपश्चिम प्रदेशमा ३५ वर्ष मुनिका पुरुष र महिला एक/एक पदमा रिता शाही र ई. भुवन भट्ट निर्वाचित भए ।

सात प्रदेशबाट ३५ वर्ष मुनिका ७ सदस्यमा सचिन तिमल्सेना, ई.अभिषेक आत्रेय, सुशील भट्ट, डा. आयुस बगाले, आदर्श मल्ल, ई. रोशन बस्नेत र ई. सैलेश मिश्र निर्वाचित भए ।

जनसम्पर्क समितिका विभिन्न क्षेत्रबाट ७ सदस्य निर्वाचित भए । जनसम्पर्क समितिबाट सिता सापकोटा घिमिरे र चन्द्रा अधिकारी, युरोप क्षेत्रबाट जितेन्द्र विक्रम शाही, ओसियाना अमेरिका क्षेत्रबाट सिए.विद्या भूषण कार्की, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल, प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठ र भारतबाट बालकृष्ण पाण्डे निर्वाचित भए ।

पेसागत विषयक्षेत्र खुलामा ५ सदस्य निर्वाचित भए । त्यसमा डा. केदारनरसिंह केसी, प्रा.डा.जगदिशचन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, डा. प्रदीप मिश्र र केशव निरौला निर्वाचित भए । पेसागत विषय क्षेत्र महिलामा डा. सिता पोख्रेल घिमिरे र बाला अधिकारी निर्वाचित भए ।

श्रमिक, काठमाडौँ उपत्यका र सेनानी, सहित तथा द्वन्द्व प्रभावित परिवारका तर्फबाट ७ केन्द्रीय सदस्य निर्वाचित भए । श्रमिक खुला २ सदस्यमा खिलानाथ दाहाल र योगेन्द्र कुमार कुँवर तथा श्रमिक महिलामा सितादेवी काफ्ले निर्वाचित भए ।

केन्द्रीय सदस्य काठमाडौँ उपत्यकामा मोहनबहादुर बस्नेत निर्वाचित भए । केन्द्रीय सदस्य प्रजातन्त्र सेनानीबाट सत्यनारायण माझी थारु, सहिद परिवारबाट बालकृष्ण दाहाल तथा द्वन्द्व प्रभावित परिवारबाट जनार्दन अर्याल निर्वाचित भए ।

कास्की जिल्लाबाट उमेदवार बनेका कसको कति मत ? 

यसैबीच कास्की जिल्लाबाट उमेदवारी दिएका अधिकांश उमेदवारहरु पराजित बनेका छन खुल्लाबाट किरण केसी, कृष्ण प्रसाद पौडेल र तिलक रानाभाट एबम खुल्ला महिलाबाट लक्ष्मी पाण्डे बिजयी हुँदा अन्य धेरैले पराजय भोग्नुपरेको छ। पराजित हुनेहरुमध्ये अधिकांशले निर्बाचनमा गुटबन्दी गरिएको, चिट बाँडिएको, मतदान र मतगणना प्रक्रियामा सिमित व्यक्तिहरुको हालीमुहाली भएको र उनीहरुले चाहे अनुसारका उमेदवारलाई जिताउने र हराउने खेल समेत भएको जस्ता प्रतिक्रिया सार्बजनिक गरेका छन। कतिपयले कांग्रेस बदलिएको भनेर नारामा भनिएपनि बास्तबमा त्यस्तो नदेखिएको र अनुभुती गर्न नपाएको भन्नेहरुको पनि कमी छैन।

कास्की जिल्लाका तीनवटा निर्बाचन क्षेत्र र कास्की भन्दा बाहिर रहेका कस्केलीहरु समेत गरि २० जना भन्दा बढीले उमेदवारी दिएको भएपनि ४ जनाले मात्र विजय प्राप्त गर्नु र अन्य धेरैले पराजय भोग्नुले कास्की जिल्लाको राजनीतिक प्रभाव कांग्रेसमा पनि कमजोर रहेको स्पष्ट हुन्छ। कास्कीबाट केन्द्रीय समितिको पदाधिकारीमा कोहि पुग्न सकेनन।

समाबेशी तर्फको केन्द्रीय उपसभापतिमा उमेदवारी दिएका जिबन परियार अर्बपति ब्यबसायी बिनोद चौधरीसंग झिनो मतले पराजित बन्न पुगे। परियारले १ हजार ६५८ मत पाएकोमा चौधरीले त्यसभन्दा ८७ मत बढी अर्थात १ हजर ७४५ मत पाएर बिजयी भएका हुन । खुल्ला तर्फको उपसभापतिमा उमेदवारी दर्ता गराएका देवराज चालिसेले भने आंफ्नो उमेदवारी कायम राख्न समेत सकेनन। उनले चुनाब जित्ने सम्भावना नदेखेपछि आंफ्नो उमेदवारी फिर्ता लिएका थिए।

यसबाहेक खुल्ला तर्फबाट केन्द्रीय समितिको सदस्यमा उमेदवारी दिएका कास्की कांग्रेसका सभापति किशोरदत्त बराल पनि १३५ मत नपुगेर पराजित बन्न पुगे। बरालले २ हजार १२१ मत पाएका थिए ४५ जनाको कोटा रहेको उक्त क्लस्टरबाट कास्कीका किरण केसीले २ हजर ७७४, कृष्णप्रसाद पौडेलले २ हजार ४५५ र तिलक बहादुर रानाभाटले २ हजार ४४४ मत पाएर बिजयी भएका थिए। बराललाई १३५ मत अपुग भएको थियो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष रहेका कास्कीका देबेन्द्र शेरचनले अल्पसंख्यकको तर्फबाट उमेदवारी दिएकोमा उनि पनि बिजयी हुन सकेनन। पार्टीको १४ औं महाधिबेशनमा पनि पराजय भोगेका शेरचनले यस पटक ६१२ मत प्राप्त गरेका थिए। अल्पसंख्यक तर्फबाट बिजयी हुने अर्जुन शेरचनले भने १ हजार ३४९ मत पाएका थिए ।

यसैगरी नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघको गण्डकी प्रदेशका सभापति जितबहादुर गुरुङले श्रमिक तर्फबाट उमेदवारी दिएकोमा उनि पनि पराजित भए। श्रमिक तर्फ दुई जना निर्बाचित हुनेमा गुरुङ चौथो बन्न पुगेको थिए। गुरुङले १ हजार ६३४ मत प्राप्त गरेर चौथो हुँदा खिलानाथ दाहालले ३ हजार १८२ र योगेन्द्र बहादुर कुँवरले १ हजार ८८७ मत पाएर श्रमिक तर्फबाट केन्द्रीय सदस्य बन्न सफल भएका हुन।

यसैगरी खस आर्य महिलाको क्लस्टरबाट उमेदवार बनेकी सरिता तिमिल्सिना पगेनीले १ हजार ८५२ मत पाएर पनि चुनाब जित्न सकिनन। ८ जनाको कोटा रहेको उक्त क्लस्टरबाट केन्द्रिय सदस्यमा पहिलो पटक प्रतिष्पर्धा गरेकी सरिताको लागि करिब १ सय मत अपुग भएको थियो।

सोही क्लस्टरबाट उमेदवार बनेकी पोखराकी हिरा भट्टराईले १ हजार १९७ मतमा नै चित्त बुझाउनुपर्यो। मतगणनाको परिणाम पछी पगेनीले बुथ कब्जा गरेर अत्यधिक मत ल्याउने र मतगणना गर्दा पनि आंफ्नो पक्षमा धर्का लगाउन लगाएर जीतको पगरी गुथ्ने सबैको कल्याण होस् भन्दै सामाजिक संजालमा प्रतिक्रिया दिएकी छन। यसैगरी नम्रता बराल पनि खुल्ला महिलाको क्लस्टरबाट फराकिलो मतान्तरमा केन्द्रीय सदस्यमा पराजित बनेकी छन ।

यसबाहेक कास्कीको माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मिनबहादुर गुरुङले आदिबासी जनजातीको खुल्ला क्लस्टरमा उमेदवारी दिएको भएपनि पराजित बने । १२ जनाको कोटा रहेको जनजाति खुल्ला क्लस्टरमा उमेदवार बनेका गुरुङ १९ औं स्थानमा पुगे। उनले १ हजार २८९ मत पाएका थिए।

यसैगरी ई. यमकृष्ण पौडेल पेशागतको क्लस्टरबाट उमेदवारी दिएकोमा ३०५ मत मात्र पाएको छन। उक्त क्लस्टरबाट ५ जनाको कोटा रहेकोमा पौडेल २९ औं स्थानमा पुगेका छन। उक्त क्लस्टरबाट डा. केदारनरसिंह केसी, डा. जगदीशचन्द्र पोखरेल, केशब निरौला,डा. प्रदिप मिश्र र सिताराम केसी निर्बाचित भएका छन।

यसैगरी ३५ बर्ष मुनिका युवाको क्लस्टरबाट उमेदवारी दिएका कास्कीका सौगात थापा पनि पराजित बन्न पुगे। उनले २ हजार १३ मत पाएको थिए । ७ जनाको कोटा रहेको उक्त क्लस्टरमा थापा आठौँ स्थानमा रहन पुगे। उनलाई पनि १२१ मत अपुग भएको हो। यसैगरी दलित क्लस्टरबाट उमेदवार बनेका कास्कीका मनबहादुर बिश्वकर्मा पनि पराजित भएका छन। उनले १ हजार ४५० मत पाएका थिए। दलितको खुल्ला क्लस्टरबाट ८ जनाको कोटा रहेकोमा मानबहादुर ११ औं स्थानमा पुगेका थिए उनलाई चुनाब जित्न करिब १८० मत् अपुग भएको थियो।

जनसम्पर्क समिति अन्तर्गत बिभिन्न भूगोलबाट उमेदवारी दिएका कस्केलीहरु पनि सबै पराजित बन्न पुगे। नेपाली जनसम्पर्क समितिको महिला क्लस्टरमा उमेदवारी दिएकी कास्कीकी रबिना थापाले २ हजार ५०६ मत पाएर पनि चुनाब जित्न सकिनन। २ जनाको कोटा रहेको उक्त क्लस्टरमा ५ जनाको मात्र उमेदवारी परेकोमा अमेरिकामा बस्दै आएकी रबिना तेश्रो स्थानमा सिमित रहन पुगिन ।  गैर आवासीय नेपाली संघको अध्यक्ष रहिसकेकी रबिनालाईर बेल्जियम बस्ने चितवनकी सिता सापकोटा घिमिरे क्यानाडा बस्ने स्यांग्जाकी चन्दा अधिकारीले पछाडी पारेका हुन। सापकोटाको ३ हजार ११३ र घिमिरेको २ हजार ९८६ मत आएको थियो।

यसैगरी जनसम्पर्क समिति युरोप क्षेत्रबाट उमेदवारी दिएका कास्कीका पूर्ण तिमिल्सिना पनि फराकिलो मतान्तरमा पराजित बन्न पुगे। उक्त क्लस्टरमा चुनाब जित्ने जितेन्द्र बिक्रम शाहीले १ हजर ४१२ मत पाउँदा कास्कीका तिमिल्सिनाले ५३६ मत मात्र पाएका थिए। उनि नेविसंघ कास्कीको पुर्व अध्यक्ष समेत हुन ।

यसैगरी जनसम्पर्क समितिको मध्यपुर्व क्लस्टरबाट उमेदवारी दिएका कास्कीका बिमल सुबेदीले १ हजार ७०८ मत पाएर पनि चुनाब हारेको छन। कतारमा बस्दै आएका सुबेदीलाई तनहुँ घर भएका पुरुषोत्तम खनालले करिब ३७० मतको अन्तरले पराजित गरेका हुन। खनालले २०७५ मत पाएका थिए।  कास्की जिल्लाबाट उमेदवारी दिएका अन्यले पनि पराजय भोग्नुपरेको छ ।

१ कार्तिक २०८३, शनिबार १३:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा