पोखरा, बिभिन्न मुद्दामा अदालातबाट भएको फैसला अनुसार कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका ४८ जना फरार प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा १२ महिला र ३६ जना पुरुष रहेका छन कातिक महिनाको १ देखि ३० गते सम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी उपरिक्षक एबम सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए।
उनीहरुबाट १ बर्ष ६ महिना ६ दिन कैद सजाय र १ करोड २ लाख १ हजार ५ सय जरिबाना असुल गर्नुपर्ने भएकोले त्यसका लागि पक्राउ गरेर अदालतमा बुझाइएको प्रहरीको भनाई छ।
पक्राउ पर्नेहरुमध्ये चेक अनादार मुद्दामा ३५ जना, लागू औषध मुद्दामा ५ जना, अभद्र व्यवहार मुद्दामा १ जना, आपराधिक उपद्रव मुद्दामा १ जना, सार्वजनिक सम्पत्तिको नोक्सान गरी भ्रष्टचार गरेको मुद्दाम १ जना, बैंकिङ कसुर मुद्दामा ४ जना र लेनदेन बिगो मुद्दामा १ जना रहेको प्रहरीले जनाएको छ।