Play

१ करोड बढी जरिबाना असुल गर्न कास्की प्रहरीद्वारा ४८ जना पक्राउ

गुरुकुल खबर


पोखरा, बिभिन्न मुद्दामा अदालातबाट भएको फैसला अनुसार कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका ४८ जना फरार प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा १२ महिला र ३६ जना पुरुष रहेका छन कातिक महिनाको १ देखि ३० गते सम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी उपरिक्षक एबम सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए।

उनीहरुबाट १ बर्ष ६ महिना ६ दिन कैद सजाय र १ करोड २ लाख १ हजार ५ सय जरिबाना असुल गर्नुपर्ने भएकोले त्यसका लागि पक्राउ गरेर अदालतमा बुझाइएको प्रहरीको भनाई छ।

पक्राउ पर्नेहरुमध्ये चेक अनादार मुद्दामा ३५ जना, लागू औषध मुद्दामा ५ जना, अभद्र व्यवहार मुद्दामा १ जना, आपराधिक उपद्रव मुद्दामा १ जना, सार्वजनिक सम्पत्तिको नोक्सान गरी भ्रष्टचार गरेको मुद्दाम १ जना, बैंकिङ कसुर मुद्दामा ४ जना र लेनदेन बिगो मुद्दामा १ जना रहेको प्रहरीले जनाएको छ।

१ मंसिर २०८१, शनिबार ०८:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा