Play

गण्डकी प्रदेशको वनमन्त्रीमा लम्जुंगका पौडेल, लैंगिक र भौगोलिक सन्तुलन नमिलेको भन्दै आलोचना शुरु

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले रिक्त रहेको बन तथा बाताबरण मन्त्रीमा नेपाली काँग्रेसका संसद भेषबहादुर पौडेललाई नियुक्त गरेका छन। सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नबनियुक्त मन्त्री पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए । मनांगबाट निर्बिरोध निर्बाचित स्वतन्त्र सांसद सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ले छाडेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्य मन्त्री पाण्डेले नेपाली कांग्रेस लमजुंगका पुर्ब सभापति समेत रहेका गण्डकी प्रदेश सांसद भेषबहादुर पौडेललाई दिएका हुन ।

नेकपा एमाले संग सत्ता गठबन्धन भएपछि पाण्डेले आफ्नो सरकारको आयु बढाउनको लागि गण्डकी प्रदेशमा दुई जना मन्त्री थप गरि नौ जनाको मन्त्रीमण्डल बनाउने निर्णय मन्त्रीपरिषदबाट गराएका थिए। त्यसपछि मुख्य मन्त्री पाण्डेले भौतिक पुर्वाधार तथा यातायात ब्यबस्थामन्त्री रहेका राजिब गुरुङलाई बन तथा बाताबरण मन्त्रालयको जिम्मा लगाएको थिए। तर गुरुंगले उक्त मन्त्रालयको जिम्मा नलिई मन्त्री पदबाट नै राजिनामा दिएका थिए।

गुरुङको राजिनामा पछि मुख्य मन्त्री पाण्डेले लामो समयको प्रतिक्षा अनि दवाब पछि पौडेललाई उक्त पदमा नियुक्त गरेका हुन्।पाण्डेले आँफुलाई पार्टी सभापति देउबाको निकट रहेको बताउंदै आएपनि पौडेल भने संस्थापन अर्थात देउबा ईतरको मानिन्छन । उनि पहिले काँग्रेस नेता डा. शेखर कोइराला निकट मानिने गरेको भएपनि पछिल्लो समय गगन थापा निकट बनेको र थापा समुहमा रहेका हरुले नै पौडेललाई मन्त्री बनाउन पहल गरेको बुझिएको छ।

आफ्नो गृहजिल्ला लम्जुंगमा राम्रो राजनीतिक प्रभाव भएको मानिने पौडेललाई मुख्यमन्त्री पाण्डेले मन्त्री बनाएपछि लम्जुंग जिल्लाबाट निर्बाचित दुबै प्रदेश सांसदलाई मन्त्री बनाएको भनेर अन्य जिल्लाका कांग्रेसभित्रबाट आलोचना समेत शुरु भएको छ। काँग्रेस र एमालेको बिचमा काँग्रेसले पांचवटा र एमालेले चारवटा मन्त्रालय लिने सहमति भए अनुसार एमालेले चारवटा मन्त्रालय लिएको भएपनि काँग्रेसको कोटामा परेका दुईवटा मन्त्रालय मुख्यमन्त्री पाण्डेले कांग्रेस बाहेक नेपाल समाजबादी पार्टीका फणीन्द्र देवकोटा र राजिब गुरुंगलाई दिएका थिए। आँफुलाई दिईएको मन्त्रालय परिबर्तन गरेपछि मन्त्री पदबाट गुरुंगले राजिनामा दिएको भएपनि मुख्यमन्त्री पाण्डेको गृह जिल्लाका देवकोटा भने मन्त्रीमा बहाल छन ।

यसरि हेर्दा काँग्रेसले पाउने भनिएका पांचवटा मन्त्री पनि भौगोलिक एबम लैंगिक आधारमा सन्तुलन मिलेको देखिएको छैन।  मुख्यमन्त्री पाण्डेले भौगोलिक र जातीय तथा लैंगिक सन्तुलन समेत मिलाउन नसकेको कारण आलोचना शुरु भएको हो। उनले कांग्रेसको कोटाबाट मन्त्री बनाउंदा आफ्नो गृह जिल्ला गोरखाबाट दुईजना, छिमेकी जिल्ला लम्जुंगबाट दुईजना गरि चारजना र कास्कीबाट एकजना गरि पांचजनालाई मन्त्री बनाएका छन।

आफ्नो नेतृत्वको सरकार जोगाउन मन्त्रीहरुको संख्या थप गर्ने तर काँग्रेसको कोटामा गोर्खा जिल्लाको अर्कै पार्टीको सांसदलाई मन्त्री बनाइरहनु र बाँकि मन्त्री नियुक्त गर्दापनि भौगोलिक, लैंगिक अनि पार्टी भित्रको गुटलाई समेत बेवास्ता गरेको भन्दै कतिपयले आलोचना गर्न  लागेका छन। तत्कालिन धवलागिरी अंचलका चार जिल्ला र महिलाको तर्फबाट कुनै प्रतिनिधित्व गण्डकी सरकारमा छैन।

पछिल्लो पटक मन्त्री बनेका भेषबहादुर पौडेल लम्जुंगको प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद हुन्। उनि कांग्रैसभित्र संस्थापन इतर पक्षका अर्थात महामन्त्री गगन थापानिकट मानिन्छन्। कांग्रेस लमजुङका पूर्वसभापति पौडेल लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन्। उनको जिल्लाको राजनीतिमा राम्रो प्रभाव रहेको मानिन्छ।

गण्डकीमा मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनाएका थिए। एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालय संख्या बढाएर भदौ १७ गते मनाङेलाई वन तथा वातावरण मन्त्रालय दिएको थियो। उक्त मन्त्रालयको काम पातीघारी र बनमारा हेर्ने भएकाले आफूले नलिने भन्दै मनाङेले अस्वीकार गरेका थिए।

मनाङेले वन तथा वातावरण मन्त्रालय अस्वीकार गरेपछि उक्त मन्त्रालय खाली थियो। गण्डकीमा सरकार गठन गर्दा मुख्यमन्त्री पाण्डेले आफूनिकट सांसदलाई मात्र मन्त्री बनाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढेको थियो।

५ कार्तिक २०८१, सोमबार २०:०१ मा प्रकाशित
Nabintech