Play

ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा गुरुकुल, ग्लोबल र फिस्टेल एकेडमी बिजयी

गुरुकुल खबर


पोखरा, पोखरामा भएको दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ भएको फाइनल प्रतिष्पर्धामा नौ वटा स्कुलको व्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो । उपाधि बिजेता गुरुकुलले नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिष्पर्धामा ग्लोबल कलेजियट माविले द्वितीय र फिस्टेल एकेडेमीले तृतीय स्थान प्राप्त गरेको छ । द्वितीय स्थान प्राप्त गरेको ग्लोबल कलेजियटले नगद ५० हजार र तृतीय हुने फिस्टेल एकेडेमीले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियागिताको बेष्ट भोकलमा कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, बेष्ट लिड गिटारिष्टमा प्रतिभा माविका सायूस बज्राचार्य उत्कृष्ट घोषित भए । त्यस्तै, बेष्ट ड्रमरमा प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्समा लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्यूजिक कम्पोजरमा कालिका मावि उत्कृष्ट भए । प्रतियोगितामा पब्लिक च्वाईसतर्फ गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाईसमा मदरल्याण्ड मावि (बी) घोषित भए । विधागत रुपमा उत्कृष्ट भएकाहरुलाई नगद रु ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको फाइनल राउण्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्या सदन, ग्लोवल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुलले प्रतिष्पर्धा गरेका थिए । फाइनल राउण्डमा शनिबार प्रतिष्पर्धी स्कुल व्याण्डहरुले २/२ वटा गीत प्रस्तुत गरेका थिए । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई) गुरुङले जानकारी दिए । प्रतियोगितामा कुल १९ स्कुल व्याण्ड छनौट भएर प्रतिष्पर्धा गरेका थिए ।

बिजेताहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा- १५ का वडाध्यक्ष तोरणबहादुर बानिया, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)लगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताले पोखराको कला र संगीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले गीत संगीतलाईपनि पेशा बनाउन सकिने स्थिति रहेको बताउँदै भने,‘गीत, संगीतमापनि भविष्य छ । यसलाईपनि पेशा बनाएर सजिलै जिविकोपार्जन गर्न सकिन्छ । तर त्यसका लागि तपाईंमा कला र रुची हुनुप¥यो ।’

संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना हो । प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको भनाई छ । यसले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्न सघाउ पुग्नेपनि आफूहरुको विश्वास रहेको संघका अध्यक्ष गुरुङले बताए।

संघका सचिव भाष्करध्वज श्रेष्ठले नब्बेको दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

१७ भाद्र २०८१, सोमबार ०९:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा