Play

लेकसाईडमा हिंड्दै गरेकी युवतीलाई हतियार देखाएर नगद र सिक्री लुटपाट, पांचजना पक्राउ

गुरुकुल खबर


पोखरा, पोखराको लेकसाइड स्थित सडकमा हिंडिरहेकी एक युवतीलाई चक्कु घांटीमा राखी डर त्रास देखाएर नगद सहित धनमाल लुटपाट गर्ने तिन जना युवक सहित पांच जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दुई बजेको समयमा बाटोमा हिंड्दै गरेकी २० बर्षीय युवतीलाई एउटा स्कुटर र एउटा मोटर साइकलमा आएका चार युवाको समुहले चक्कु घांटीमा राखेर डर देखाई ति महिला संग रहेको दुई तोलाको सुनको सिक्री र नगद १२ हजार रुपैयाको साथै कालो रंगको छालाको ज्याकेट समेत लुटेरा फरार भएका थिए।

उक्त घटना पछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सो घटनामा संलग्न  कास्कीको पोखरा महानगरपालिका वडा नं. १८ बस्ने वर्ष ३७ को देवन गुरुङ, पोखरा महानगरपालिका वडा नं. १८ बस्ने वर्ष १९ को आजित रुचाल भन्ने हितमान सार्की, जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं.३ घर भई हाल पोखरा वडा नं. ५ बस्ने वर्ष १८ को अनिश भट्टलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट घटनामा प्रयोग गरिएको ग ८ प ६९२४ नं को डियो रातो रंगको स्कुटर र ग ११ प ९८२७ को मोटर साइकल र लुटिएको सुनको सिक्री बिक्री गरी प्राप्त रकम एक लाख तीन हजार पाच सय रुपैया  समेत प्रहरीले बरामद गरेको कास्की प्रहरीका प्रबक्ता बसन्त कुमार शर्माले गुरुकुल खबरलाई जानकारी दिए।

प्रहरीलेअनुसन्धान गर्दै जाँदा उक्त सुनको सिक्री किन्ने जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बि.क. र एस. पि. मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मा समेतलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पांच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ।

२८ श्रावण २०८१, सोमबार २२:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा