Play

राजनीतिक अस्थिरताको कारण नेपालमा लगानी भित्रिन समस्या- जनसम्पर्क समिति, बेलायत

गुरुकुल खबर


बेलायत,   नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिसंग सम्बद्ध व्यक्तिहरुले नेपालमा राजनीतिक स्थिरता नहुँदा वैदेशिक लगानी नेपालमा गर्न नसकिएको बताएका छन्।

नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष महेश दाहालले आफू नेपालमा लगानी गर्न तयार रहे पनि नेपालमा पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताएका छन् ।

शनिबार लण्डनमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले प्रवासी नेपालीले मात्र नभई आफूहरूले विदेश लगानीकर्ताहरूलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको अस्थिर राजनीतिका कारण लगानी गर्न उनीहरू डराएको बताए ।

उनले भने, ‘प्रोजेक्टको स्वीकृति लिँदा एक, प्रोजेक्ट कार्यान्वयनमा जाँदा अर्को र उत्पादन गर्दा फरक नीति बन्ने हुँदा विदेशीहरू लगानी गर्न तयार देखिएनन्। ’ उनले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्नेसमेत बताए।

उनले नेपालमा अहिले नयाँ राजनीतिक दलहरूको प्रभाव परेको उल्लेख गर्दै त्यसको प्रभाव विदेशमा बस्ने नेपालीहरूमा पनि परेको बताए । उनले कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिको समस्या समाधान नगरेकाले पनि अप्ठेरो स्थिति आएको बताए ।

नेपाल प्रेस युनियनका अध्यक्ष लम्सालले जनसम्पर्क समितिका समस्या लगायतका विषयमा आफूले कांग्रेसका नेताहरुसंग कुरा गर्ने बताए ।

कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष दाहाल, प्रेस युनियन यूकेका अध्यक्ष विपिन निरौला, राजनीतिक विश्लेषक आरेक त्रिपाठी (राजकुमार)लगायतले पनि आफ्नो आफ्नो  भनाई राखेका थिए । प्रेस युनियनका अध्यक्ष लम्साल यतिबेला केहि दिनको लागि बेलायत भ्रमणमा छन ।

८ असार २०८१, शनिबार १९:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा