Play

खेलकुद विश्व विद्यालयको स्थापना गरिनुपर्नेमा कांग्रेस नेता महरको जोड

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्व विद्यालय स्थापना हुनुपर्ने धारणा राखेका छन ।  नेपाल विद्यार्थी संघ काठमाडौं समितिले मूलपानी मैदानमा आयोजना गरेको बागमती प्रदेश स्तरीय जय नेपाल कप क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेता महरले खेलकुद विश्व विद्यालयको स्थापना गरेमात्रै अपेक्षित रूपमा खेल क्षेत्रको विकास हुने धारणा व्यक्त गरे।

‘नेपालको क्रिकेटमा लगानी कम छ। हामीसँग सुविधा सम्पन्न खेल मैदान र पर्याप्त पूर्वाधारको अभाव छ। यस्तो अवस्थामा हामीले खेलकुद विश्व विद्यालय स्थापना गर्नुपर्छ। मैले यो माग धेरै पहिलेदेखि नै उठाउँदै आएको हुँ। तर, सरकारले सुनुवाइ नै गर्दैन,’ उनले भने। क्रिकेट रंगशाला र भौतिक पूर्वाधारमा छुट्याइएको बजे पनि पर्याप्त नरहेको भन्दै महरले असन्तुष्टि व्यक्त गरे।

बजेट अपर्याप्त रहेको र छुट्याइएको बजेटको पनि सही कार्यान्वयन भए नभएकोमा सरकार नै अनविज्ञ रहेको उनले टिप्पणी गरे। खेल क्षेत्रमा छुट्याइएको बजेटको सही सदुपयोगसमेत हुन नसकेको महरको टिप्पणी छ।

‘खेलका माध्यमबाट देशको नाम खेलाडीले विश्वमा रोशन गरिरहेका हुन्छन्। सरकारले उनीहरूको सेवा सुविधादेखि खेल मैदान र पूर्वाधारसम्ममा ध्यान दिनुपर्छ। तर, सरकारले आफूले छुट्याएको बजेटको सही सदुपयोग वा दुरुपयोग के भयो भन्नेसम्म लेखाजोखा राख्न सकेको छैन। यो खेलाडी र खेल प्रेमीहरूका लागि दुर्भाग्यको कुरा हो,’ उनले भने।

क्रिकेटमा एक रन, एक बल र एक पलको नि उत्तिकै महत्त्व हुने भएकाले यसमा सरोकारवाला सबै गम्भीर बन्नुपर्ने उनको धारणा थियो।

कांग्रेस सरकारकै नेतृत्वमा खेलकुद मन्त्रालयको स्थापना भएकाले आफ्नो पार्टी सधैँ खेलाडीको पक्षमा रहेको उनको भनाइ छ। आगामी दिनमा पनि कांग्रेसले खेलाडीको हित र खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर काम गर्ने उनले बताए।

६ असार २०८१, बिहीबार १७:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा