Play

गण्डकी प्रदेशका विभिन्न मन्त्रालयको सचिब को को ? मुख्यमन्त्री कार्यालयको वेबसाइटमा भर पर्दा समस्या..

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय वा विभिन्न मन्त्रालयमा को को मन्त्री वा को को सचिब हुनुहुन्छ भनेर कसैले जान्न चाहेमा त्यसको लागि सजिलै उत्तर पाइन्छ। “मुख्यमन्त्री कार्यालयको वेबसाइट हेर्नुस न, सबै सचिवको नाम र फोन नम्बर समेत त्यहाँ उल्लेख छ। ”

तर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेबसाइटमा ‘गण्डकी प्रदेशका प्रमुख सचिब तथा सचिबहरुको विवरण’ मा गएर नामावली हेर्दै सचिबसंग सम्पर्क गर्छु भन्ने हो भने त्यो गलत हुन सक्छ है । त्यस्तै समस्या भोग्नुपरेको गुनासो धेरैले गर्न थालेका छन ।

अर्थ मन्त्रालयका तत्कालिन सचिब बलराम रिज्यालको सरुवा भएपछि पुरुषोत्तम शर्माले करिब १ महिनादेखि नै उक्त मन्त्रालयको सचिबको रुपमा काम गरिरहेका छन। आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट बनाउने प्रक्रियामा समेत उनै पुरुषोत्तम सक्रिय रहे तर मुख्यमन्त्री कार्यालयको वेबसाइट हेर्दा अझै पनि अर्थ मन्त्रालयमा पुरुषोत्तम शर्मा आएर सचिबको काम गरेको जानकारी नभएको जस्तो देखिन्छ ।

त्यसो त मुख्यमन्त्री कार्यालयका सचिब तीर्थराज भट्टराईको सरुवा भएको लामो समय भयो तर सोहि कार्यालयको वेबसाइटमा अहिले सम्म पनि उनै भट्टराईको नाम राखिएको छ सचिब भट्टराईको ठाउँमा अर्का सचिब केशब ढकाल आउने भएका छन।

यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अर्का सचिब ( कानुन ) शम्भुराज रेग्मीको पनि सरुवा भैसकेको छ। उनको ठाउँमा धर्म कुइंकेलले जिम्मेवारी लिएको लामो समय बितेको भएपनि मुख्यमन्त्री कार्यालयको वेबसाइटले भने रेग्मीलाई नै सचिवको रुपमा मानेको छ ।

कृषि तथा भुमि सुधार मन्त्रालयको सचिबको नाम सहदेव प्रसाद हुमागाईं भनेर वेबसाइटमा राखिएको छ । हुमागाईं भने सेवानिवृत्त भैसकेका छन । उनको ठाउँमा डा. टक प्रसाद शर्माले सचिवको जिम्मेवारी सम्हालेको पनि धेरै भैसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेबसाइटमा प्रदेश नीति तथा योजना आयोगको नाम समेत उल्लेख छैन। प्रदेश नीति तथा योजना आयोगको सचिब अहिले बद्रीनाथ अधिकारी रहेका छन। त्यस अगाडी ऋषिराम तिवारीले आयोगको सचिब रहेर काम गरेकोमा उनको सरुवा प्रदेश लोक सेवा आयोगको कार्यालयमा भएपछी गत मसिर देखि नै अधिकारीले आयोगको सचिब रहेर त्यहाँ काम गरिरहेका छन ।

यस विषयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सूचना अधिकारी राजन भट्टराईसंग मुख्यमन्त्री कार्यालयकै वेबसाइट किन अपडेट नभएको होला भन्ने जिज्ञासा राख्दा उनले सहजै उत्तर दिए। “त्यस्तो छ र हेरौला” । अनि कसले हो त त्यो हेर्ने भन्ने अर्को प्रश्नमा उनले भने। “प्रशासनको मान्छेले गर्नुपर्ने काम हो, त्यता सम्पर्क गर्नुस है ।”

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मुख्य सचिबमा लक्ष्मी बस्नेत तथा सचिबमा यमुना प्रधान, उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालयको सचिब (उद्योग तथा पर्यटन) मा कुमान सिंह गुरुङ र सचिब ( बन तथा बाताबरण) मा डा. रामचन्द्र कंडेल, उर्जा जलश्रोत तथा खानेपानी मन्त्रलायको सचिबमा गणेशराज वस्ती, भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यबस्था मन्त्रलयको सचिबमा शंकर प्रसाद पण्डित तथा सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयको सचिब ( सामाजिक विकास) मा प्रकाश पौडेल र सचिब (स्वास्थ्य) मा डा. बिनोद बिन्दु शर्मा रहेका छन।

गण्डकी प्रदेश अन्तर्गत प्रदेश प्रमुखको कार्यालयमा सेवन्त राज दाहाल र प्रदेश सभा सचिबालयमा हरीराज पोखरेल सचिवको जिम्मेवारीमा रहेका छन ।

३ असार २०८१, सोमबार १८:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा