Play

विधुतीय गाडी बिक्रि गर्न टिटी ग्लोबलको नयाँ शोरुम पोखरामा, नेटा भी र नेटा एक्स गाडीप्रति बढ्दो आकर्षण

गुरुकुल खबर


पोखरा । सिजी मोटर्सले विधुतीय गाडीको बिक्रि वितरण गर्नको लागि टिटी ग्लोबललाई आधिकारिक डिलरशिप दिएर नेटा भी लगायत नेटा एक्स र अन्य गाडीको बिक्रि पोखरामा पनि शुरु गरेको छ। यसका लागि पोखराको नयाँबजारमा सिजी मोटर्सको आधिकारिक डिलरको रुपमा टिटी ग्लोबलको शोरुम खोलिएको छ।

विधुतीय गाडी प्रयोगकर्ताहरुमाझ लोकप्रिय मानिएको नेटा भी, नेटा एक्स गाडी नेपालको लागि सिजी मोटर्सले बिक्रि वितरण गर्दै आएकोमा गण्डकी प्रदेशको राजधानी पोखरा क्षेत्रमा सहज ढंगले बिक्रि गर्ने जिम्मा भने टिटी ग्लोबललाई दिईएको हो।

टिटी ग्लोबलको नामबाट सुरु गरिएको सोरुम सिजी मोटर्सको डिलरसिप मोडेलमा रहेको छ। शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि सर्भिस स्टेसन पनि पोखराको नयाँबजारमा सन्चालनमा आएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शोरुम सञ्चालन आएसँगै गाडी खरिद गर्ने र यसप्रति चासो राख्नेहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको कम्पनीले दाबी गरेको छ।

नेटा भी गाडी सहित उक्त शोरुमबाट सिजी केवाइसि , किंगलोंग र नेटा एक्स गाडीको समेत बिक्रि हुने र हाल नेटा एक्सको बुकिंग खुला गरिएको बुझिएको छ । नेटा एक्स गाडी हाल तिनवटा भेरियन्टमा उपलब्ध रहेको र तिनको मूल्य क्रमश ५२ लाख ९९ हजार, ५७ लाख ९९ हजार र ६१ लाख ९९ हजार रहेको शोरुमले जनाएको छ ।

१७० मि मि को ग्रोउन्ड किलिरेनश भएको नेटा भि मा ८ बर्ष अथवा १ लाख ५० हजार किमीसम्म चल्न सक्ने वारेन्टी समेत दिईएको छ। यसको साथै नेपालको सर्वाधिक बिक्रीहुने हेभि भ्यान सिजी केवाइसी तथा किलोङ खरिद गर्ने ग्राहकहरुको लागि सहज र सुलभ किस्ताको ब्यबस्था गर्न सकिने टिटी ग्लोबलका संचालक प्रमेश पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।

विद्युतीय सवारी साधन प्रतिको आकर्षण बढ्दै गएको वर्तमान अबस्थामा अन्य निजि कार जस्तै ११ सिटर सिजी केवाइसी भ्यानका अतिरिक्त  १४ सिटर, १६ सिटर र १९ सिटर किङ्लोङ भ्यान प्रतिको आकर्षण पनि बढ्ने बिश्वासमा  बिक्रेताहरु रहेकाछन ।  यी गाडीहरु ३९ लाख देखि ७८ लाख रुपैयाँसम्म विभिन्न मोडेल र ब्रान्डमा उपलब्ध रहेको टिटी ग्लोबलका अर्का संचालक शिशिर सुबेदीले जानकारी दिए ।

हाल नेपालभर १ सय २० भन्दा धेरै स्थान हरुमा चार्जिङ स्टेसन मार्फत सेवा दिंदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ स्टेसनको सुबिधा उपलब्ध गराउने तयारी भैरहेको कम्पनीले जनाएको ‍छ ।

यसैबीच पोखराको नयाबजारमा खोलिएको नयाँ शोरुमको औपचारिक उद्घाटन हालै सम्पन्न भएको छ। यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीराम रिज्याल, सिजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे, टिटी ग्लोबल पोखराका सञ्चालक प्रमेश पराजुली र  डिल्लीराज सुवदी (शिशिर) ले संयुक्तरुपमा उक्त शोरुमको उद्घाटन गरेका हुन ।

शोरुम उद्घाटनपछि आयोजित बिशेष कार्यक्रममा पोखरा महानगर पालिकाका प्रमुख मेयर धनराज आचार्यले अबको समय विद्युतीय गाडीको रहेको भन्दै वातावरणीय सन्तुलन र विद्युतको खपतका लागि पनि यो जरुरी रहेको बताए । शहरमा प्रदुषण नियन्त्रण गर्न तथा शहरको सुन्दरता कायम गर्न पनि विधुतीय गाडीको प्रयोगलाई प्रोत्शाहित गर्नुपर्नेमा उनले जोड दिए।

महानगर प्रमुख आचार्यले भने “नेपालको पर्यटकीय राजधानी एबम गण्डकी प्रदेशको राजधानी पोखरालाई थप सफा, सुन्दर र हराभरा बनाउन सवैपक्षको सहयोग आवश्यक रहेको छ, यो शहरलाई पर्यटक मैत्री बनाउने अभियान सफल पार्न यातायात क्षेत्र र अटो मोबाइल क्षेत्रको भूमिका महत्वपुर्ण रहेको छ” ।

उक्त अवससरमा यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीराम रिज्याल, सिजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे र टिटी ग्लोबलका सञ्चालकद्वय प्रमेश पराजुली र डिल्लीराज सुबेदी ‘शिशिर’ ले विद्युतीय गाडीको प्रयोग र महत्वका बारेमा भनाइ राखेका थिए ।

उक्त कार्यक्रममा सरकारी तथा गैर सरकारी क्षेत्रमा कार्यरत एबम विभिन्न पेशा र ब्यबसायसंग सम्बद्ध व्यक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

२९ बैशाख २०८१, शनिबार २२:५५ मा प्रकाशित
Nabintech