Play

प्रम प्रचण्डको युगान्डा भ्रमणमा सवा करोड बढी खर्च

गुरुकुल खबर


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ।

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डको  नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन गएको प्रतिनिधिमण्डलको भ्रमण खर्च १ करोड २६ लाख ६० हजार रुपैयाँ भुक्तानी भएको हो ।

अर्थ मन्त्रलायले सो रकम परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो । प्रधानमन्त्री ४ माघमा युगान्डा प्रस्थान गरेका थिए । उनी ७ माघमा स्वदेश फर्किएका थिए ।

राष्ट्रपति पौडेलको भ्रमण रोक्दा ५५ लाख बढी खर्च 

यसैगरि जाजरकोटमा भूकम्प गएपछि १० दिने युरोप यात्रा रद्द गरेका राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण तयारी अन्तर्गत अग्रिम काटिएका टिकटको भुक्तानीमा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार राष्ट्रिपति पौडेलको फ्रान्स, इटाली र जर्मनी भ्रमणको पूर्वतयारी अन्तर्गत काटिएका टिकटको भुक्तानीमा सो रकम खर्च भएको हो ।

राष्ट्रपति पौडेल २२ कात्तिक २०८० देखि १० दिनका लागि युरोप भ्रमणमा निस्कने योजना थियो । तर, गत १७ कात्तिक राति जाजरकोटमा भूकम्प आएको थियो उक्त भुकम्पको कारण पौडेलले आफ्नो पूर्व निर्धारित कार्यक्रम रोकेका थिए। उक्त भूकम्पमा परी १ सय ५३ जनाको मृत्यु भएको थियो ।

मुलुकमा असहज परिस्थति आएको भन्दै राष्ट्रपतिले भ्रमण रद्द गरेका थिए । तर, काटिसकेका टिकट रद्द गर्दा मुलुकले ५५ लाखभन्दा धेरै रकम गुमाउनुपरेको छ ।

२७ बैशाख २०८१, बिहीबार १९:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा