Play

मित्रमिलन सहकारी ठगि प्रकरणमा थुनामा रहेका उदय २० लाख धरौटीमा रिहा, केहि थुनामा, केहि अझै फरार

गुरुकुल खबर


पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उदयबहादुर पराजुली २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीसँग करोड बढी घुस खाएको आरोपमा पक्राउ परेका पराजुलीलाई पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

जिल्ला अदालतको फैसला बदर उच्च अदालत पोखराले पराजुलीलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले पराजुलीलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले मागेबमोजिम धरौटी रकम बुझाएर पराजुली शुक्रबार रिहा भएका हुन् ।

स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ निवासी पराजुली गत पुस ११ गते कुश्मा नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए । पोखरामा सहकारी रजिष्ट्रार हुँदा उनले मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने भन्दै करोडभन्दा बढी घूस लिएको आरोप छ ।

यसैगरी सहकारीका लेखा समिति सदस्य जनकराज पौडेल पनि सात लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार नै रिहा भएका छन् ।

गत पुस १७ मा जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारी सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई तत्कालका लागि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका प्रतिवादीले मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने क्रममा तत्कालीन रजिष्ट्रार पराजुलीलाई एक करोडभन्दा बढी रकम घूस दिएको बयान दिएपछि पराजुली पनि तानिएका थिए ।

सहकारीको करिब ३२ करोड आर्थिक अपचलन हुने गरी भएको ठगी अभियोगमा ३३ जनाविरुद्ध मुद्धा अघि बढाइएको छ ।

सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी समेत कारागार चलान भइसकेका छन् । उक्त प्रकरणमा पूर्व लेखासमिति सदस्य अर्जुन गिरी, सल्लाहकार एवं सेयर सदस्य राजु बराल, सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागारमै छन् ।

पोखरा २१ वडाध्यक्ष दीपक सुवेदीलाई अदालतले आठ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । यद्यपि उनी दुई करोड रुपैयाँ अर्को ठगी अभियोगमा रिहा भएकै दिन पक्राउ परेका थिए ।

सहकारी ठगी प्रकरणमा पूर्व अध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा भएका छन् । लेखा समिति संयोजक सूर्यबहादुर अधिकारीसहित विष्णुप्रसाद भण्डारी, सुरेशकुमार श्रेष्ठ, हरेराम भण्डारी सात/सात लाख रुपैयाँ धरौटीमा रिहा भएकोमा कानूनी सल्लाहकार अधिवक्ता जनकल्याण पराजुली तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । सहकारी घोटलामा जाेडिएका अझै १९ जना फरार छन् ।

११ चैत्र २०८०, आईतवार ००:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा