Play

मन्टेश्वरी एसोसिएसन कास्कीद्वारा आयोजित अभिभावक शिक्षा सम्बन्धि तालिम कार्यक्रम शुरु

गुरुकुल खबर


पोखरा,मन्टेश्वरी एसोसिएसन कास्कीको आयोजनामा शनिबारदखि पोखरामा अभिभावक शिक्षा कार्यक्रम सम्बन्धि  तालिम कार्यक्रम आयोजना गरिएको छ।  तिन दिनसम्म चल्ने तालिममा पोखरामा संचालनमा रहेका विभिन्न मन्टेश्वरी स्कुलका ४५ जना  संचालक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको छ ।

भर्खर बिध्यालय जाने उमेरका बालबालिकाहरुलाई ब्यबहारिक रुपमा शिक्षा दिने प्रि प्राइमरी स्कुलहरुलाई नै मन्टेश्वरी भन्ने गरिएको छ। पोखरा र कास्की जिल्ला भित्र करिब ८० वटा मन्टेश्वोरी संचालनमा रहेपनि मन्टेश्वरी एसोसिएसन कास्कीमा भने करिब ५० वटा मात्र आबद्ध रहेको छन् । मन्टेश्वरी स्कुलको शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउनकोलागि  तिन दिने तालिमको आयोजना गरिएको हो ।

एसोसिएसनको कास्की जिल्ला अध्यक्ष भवानी अधिकारीले गुरुकुल खबरलाई  दिएको जानकारी अनुसार कास्की जिल्लाभित्र संचालित मन्टेश्वरीहरुमा २ देखि ८ वर्षसम्मका करिब ६० हजार बालबालिका अध्ययनरत रहेको र तिनमा करिब ८ सय जनाले शिक्षक वा कर्मचारीको रुपमा रोजगारी पाएको छन् ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बालबालिकाको मनोविज्ञान बुझेर सोहि अनुरुपको शिक्षा दिनसके राम्रो हुने बताए।  उनले मन्टेश्वरी स्कुलको पूर्वाधार बालबालिका  मैत्री हुनुपर्ने र  सिकाई पद्दति पनि ब्यबहारिक हुनुपर्नेमा जोड दिए।

कतिपय स्कुलहरु एसोसिएसनमा आबद्द नरहेको कुराप्रति लक्षित गर्दै मेयर आचार्यले सबै स्कुललाई एकै संस्थामा आबद्द गराउने बाताबरण तयार गर्न आफु पनि लाग्ने स्पष्ट पारे । मेयर आचार्यले प्रीप्राइमरी स्कुलमा मात्रीभाषा सिकाउन आबश्यक रहेको कुरामा पनि जोड दिए ।

तालिमको उद्घाटन समारोहको अध्यक्षता मन्टेश्वरी एसोसिएसन कास्कीकी अध्यक्ष भवानी अधिकारीले गरेकी थिईन । उनले आफ्नो दुइ बर्षे कार्यकालमा सबै  मन्टेश्वरी स्कुललाई संस्थामा आबद्द गराउने र स्कुलका संस्थापक प्रिन्सिपलहरुलाई आबश्यक पर्ने विभिन्न तालिम कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको बताइन।

कार्यक्रममा एसोसिएसनकी सचिब रितादेवी सुबेदी, कार्यक्रम संयोजक संगीता अधिकारी, प्रशिक्षक मिलन केसी र लक्ष्मी शर्मा लगाएतले आआफ्नो भनाई राखेका थिए।

 

२६ फाल्गुन २०८०, शनिबार २२:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा