Play

पोखरामा ५ वर्षमुनिका ३५ हजार बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइने

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशमा पुरै नियन्त्रणमा रहेको भनिएको दादुरा रुबेलाको संक्रमण देखिन लागेपछि यतिबेला दादुरा रुबेला खोप अभियान संचालन गर्नको लागि तयारी तिब्र पारिएको छ ।

अति नै संक्रामक र प्राणघातक  रोगको रुपमा मानिएको दादुरा रुबेला केहि समय अगाडी गण्डकी प्रदेशको तनहुँ मा देखिएपछी यो रोग बिरुद्ध सचेतना अभियान समेत सुरु गरिएको थियो ।

दादुरा रुबेला रोग एक जनालाई देखिएमा त्यस बाट १८ जना सम्म लाई सर्न सक्ने भएपछी सबै बाल बालिका लाई दादुरा रुबेला बिरुद्धको खोप लगाउने अभियान कास्की जिल्ला र पोखरा महानगरपालिका क्षेत्रभित्र सुरु गरिन लागेको हो ।

पोखरा महानगरपालिका क्षेत्र भित्र यहि फागुन १३ गतेदेखि २० गतेसम्म दादुरा–रुबेला खोप अभियान संचालन गरिने जानकारी महानगरपालिकाका स्वास्थ्य महाशाखाका खोप फोकल पर्सन तेजाखर लम्सालले दिएका छन् ।उनका अनुसार महानगरपालिका भित्र  करिब ३५ हजार बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।

यसका लागि महानगरपालिका भित्र दुइ सय ३९ खोप केन्द्रमा रहने तिन सय आठ जना स्वास्थ्यकर्मी मार्फत दादुरा रुबेला बिरुद्धको खोप अभियान संचालन हुनेछ ।

नौ महिनादेखि पांच  बर्षभित्रका बालबालिका लागि दिईने उक्त खोप कार्यक्रम  ब्यबस्थित रुपमा संचालन गर्न छ सय १६ जना स्वयम्सेवक  परिचालन हुने जानकारी स्वास्थ महाशाखा प्रमुख हिम आचार्यले गुरुकुल खबर लाई जानकारी दिएका छन् । स्वयम्सेवकहरुले घर घरमा पुगेर अभिभावकहरुलाई जानकारी दिईसकेको समेत उनले बताए ।

यसै बीच दादुरा रुबेला बिरुद्धको खोप अभियानका बारेमा  पोखरा महानगरपालिकाको खोप समन्वय समिति र सरोकारवालाहरु बिचको अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ  ।

कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण लामा, पोखरा महानगरपालिका वार्ड १७ का वडाध्य्क्ष राधिका शाही योगी लगाएतले बालबालिकामा लगाइने विभिन्न खोपहरुलाई आम नगरबासीले आफ्नो र बच्चाको स्वास्थको लागि समयमा नै लगाउनु पर्ने बताइन ।

१२ फाल्गुन २०८०, शनिबार २१:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा