Play

विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड र गण्डकी बोर्डिङ स्कुल विजयी

गुरुकुल खबर


पोखरा, पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र गण्डकी बोर्डिङ स्कुल विजयी भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदरल्यान्डले हिमालयन मावि र गण्डकीले कास्की मोडनाइजलाई पराजित गरेका हुन् ।

पहिलो खेलमा हिमालयनले दिएको १३० रनको विजयी लक्ष्य मदरल्यान्डले १६ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । मदरल्यान्डका लागि किरण पौडेलले अविजित ५८ रन बनाए । प्रज्वल बानियाले २७ रनको योगदान दिए । बलिङमा हिमालयनका सफल थापा र नसिर भण्डारीले १–१ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । हिमालयनका अभिषेक थापाले ३२ र राजकुमार क्षेत्रीले २१ रनको योगदान दिए । बलिङमा मदरल्यान्डका सन्दीप विकले ४ विकेट लिए । सन्दीप प्लेयर अफ द म्याच चुनिए ।

शुक्रबार नै भएको दोस्रो खेलमा गण्डकीले कास्की मोडनाइजमाथि ९ विकेटको सहज जित निकालेको हो । कास्की मोडनाइजले दिएको ८५ रनको सामान्य लक्ष्य गण्डकीले १० ओभर ३ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । गण्डकीका रजत पौडेल १३ र मनोज भण्डारी २८ रनमा अविजित रहे । दिवस पौडेल २२ रनमा आउट भए । मोडनाइजका सोहेल कुँवरले १ विकेट लिए

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्की मोडनाइज १७ ओभर १ बलमा ८४ रनमा समेटिएको थियो । कास्की मोडनाइजका लागि सोहेल कुँवरले ५६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा गण्डकीका समीर पौडेलले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका समीरले १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिए । उनी प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागि छन् । प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

१२ फाल्गुन २०८०, शनिबार १९:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा