Play

अर्मलाकोटमा १२ किलोमीटर दुरीको पर्बतिय दौड हुने

गुरुकुल खबर


पोखरा। पोखरा महानगरपालिकामा पर्ने  अर्मलाकोटमा ५ औं संस्करणको अर्मलाकोट पर्वतिय दौड हुने भएको छ । हरेक बर्ष झैं श्रीपन्चमीका दिन पोखरा देखि अर्मलाकोट सम्म १२ कि.मिको दुरीमा पर्वतिय दौड हुने भएको हो ।

अर्मलाकोट युथ क्लबको आयोजनामा आगामी फागुन २ गते हुने दौड प्रतियोगिताका लागी सम्पुर्ण तयारी पुरा भएको संयोजक जुम गुरुङले जानकारी दिए  ।

फागुन २ गते बिहान पोखराको केआईसिं पुलबाट सुरु भई बाटुलेचौर, महेन्द्रगुफा, घार्मीखोला हुंदै डि गाऊं, टाडा बिसाउने, पात्लेहुंदै अर्मलाकोट पुगेर  दौड पुरा हुने जानकारी आयोजकले दिएका छन ।

दौड प्रतियोगिता सम्पन्न गर्नका लागी जुम गुरुङको संयोजकत्वमा मुल समिती समिति रहेको छ । त्यसैगरि स्वयंसेवक समिती संयोजकमा गंगा बहादुर गुरुङ, पुरस्कार ब्यवस्थापन समितिको संयोजकमा उदिम गुरुङ, भोजन ब्यवस्थापन समितिको  संयोजकमा नारायण गुरुङ, रुट (बाटो) ब्यवस्थापन समितिको संयोजकमा धुब्र गुरुङ रहेका छन् ।

यसै गरि अतिथी सत्कारको जिम्मेवारी अर्मलाकोट होमस्टे समिती, स्वास्थ्य संयोजकमा कर्ण बहादुर गुरुङ, सचिवालय ब्यवस्थापन संयोजकमा ईश्वर गुरुङलाई राखिएको छ  ।

दौड प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्दितिय हुनेलाई १५ हजार, तृतीय  हुनेलाई १० हजार र सान्त्वना बापत  ५ हजार रुपैयां  पुरस्कार प्रदान गरिने  अर्मलाकोट युथ क्लबले जानकारी दिएको छ ।

१ फाल्गुन २०८०, मंगलवार १२:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा