Play

पोखराको चापाकोटमा आयोजित महोत्सब सम्पन्न, बिजयीलाई पुरस्कार, केहिलाई सम्मान (फोटो फिचर)

पत्रकारिता क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै पत्रकार पराजुलीलाई सम्मान


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२३ चापाकोटको बाम्दीमा आयोजना गरिएको  चापाकाेट देउराली सामुदायिक हाेमस्टे सांस्कृतिक महाेत्सव २०८० सम्पन्न भएको छ ।

५ दिन सम्म चलेको महाेत्सबमा  विभिन्न प्रतियोगिता समेत आयोजना गरिएको थियो ।  रतेउली. भजन , नौमती बाजा, कौडा , सामुहिक बाल नृत्य र झाँकी प्रतियोगिताको साथै भलिबल प्रतियोगिता समेत महोत्सब को क्रममा आयोजना गरिएको थियो भने महोत्सबमा विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान गरिएको थियो ।

माघ २४ देखि २८ सम्म चलेको महोत्सबमा आयोजित भलिबल प्रतियोगितामा ठुलाखेतको समूह प्रथम र  घाटिछिना समूह दाेस्राे भएको छ ।

झाकी सहितको प्रदर्शनी प्रतियोगितामा हर्पन खाेला तमु समाज प्रथम , सहनसिल आमा समूह दोश्रो , नमुना हर्पन आमा समूह तेस्रो र  लालि गुराँस आमा समूहले सान्त्वना स्थान प्राप्त गरेको छन् ।

दुना टपरी बनाउने प्रतियोगितामा  पबित्रा देवकोटा प्रथम, पार्वती अधिकारी दोश्रो , शान्ति बिक तेस्रो  र  उजेली सुनारले सान्त्वना स्थान प्राप्त गरिन ।

नौमती बाजा प्रतियोगिता तर्फ  पहिलो सगरमाथा नौमती बाजा समूह , दाेस्राे पञ्चाेसे नौमति बाजा समूह , तेस्रो आंधीखाेला नौमती बाजा समूह तथा सान्त्वना पुरस्कार भूक देउराली  नौमती बाजा समूह  र चापाकोट नौमती बाजा समूहले पाएको  छन् ।

भजन प्रतियोगितामा पहिलो पञ्चासे भजन समूह, दाेस्राे राधाकृष्ण भजन समूह, तेस्रो सन्जय ढकाल दाजु भाई समूह र सान्त्वना औसेलुचौर    भजन समूह घाेषित भए ।

रत्याैली गित प्रतियोगितामा पहिलो पिपलडाली आमा समूह, दाेस्राे पञ्चासे परिवर्तन समूह, तेस्रो सहनसिल आमा समूह, सान्त्वना देउराली आमा समूह भएका छन् ।

महोत्सबकै अबसरमा चापकोत्मा जन्मिएर पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको साथै नेपाल सरकारको तथा अन्य विभिन्न  उच्च जिम्मेवारीमा रहेर पत्रकारहरु र समग्र पत्रकारिता क्षेत्रको हितमा रचनात्मक काम गरेको भन्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति तथा नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई सम्मान गरिएको थियो

यसै गरि महोत्सबलाई सफल पार्न आर्थिक सहयोग गर्ने शिवलाल पराजुली र घनश्याम पराजुलीलाई पनि महोत्सबको क्रममा सम्मान गरिएको थियो । यस बाहेक महोत्सबमा प्रत्यक्ष्  अप्र्त्यक्ष किसिमबाट सहोग गर्ने व्यक्ति र संस्थाहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

महोत्सबको उद्घाटन गण्डकी प्रदेशका पर्यटन उध्योग तथा बाताबरण मन्त्री दीपेन्द्र बहादुर थापाले गरेका थिए भने समापन कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकाश बराल रहेका थिए ।

महोत्सब अबधिमा राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटा, अन्नपुर्ण गाउँ पालिकाका  प्रमुख बिष्णु बहादुर क्षेत्रीलगायत  ब्यक्तित्वहरु समेत अथितिको रुपमा आमन्त्रित थिए ।

महोत्सबको समापनको अबसरमा बोल्दै प्रदेश सांसद बरालले  संस्कृति संरक्षणमा महाेेत्सबले महत्त्वपूर्ण भुमिका खेलेको भन्दै  सरकारकाे सिमित स्राेत र साधनका  कारण जनताको अपेक्षा अनुसार बिकास गर्न नसकिएको स्विकार गरे ।

पाेखरा – २३ का वडाअध्यक्ष रामकाजीले गुरुङ पर्यटन प्रवर्द्धनमा महाेत्सबले सहयोग पुग्ने भन्दै होमस्टेको बिकाशको लागि  पुर्वाधार बिकास याेजना अन्तर्गत नमुना  गाेरेटाे बाटो निर्माण हुदै गरेको बताए ।

पाेखरा २४ का वडा सदस्य रेशम सुवेदीले  चापकाेट क्षेत्रलाई पर्यटन क्षेत्र घाेषणा गर्न आबश्यक रहेको उल्लेख गरे  ।

पाेखरा महागर पर्यटन प्रवर्द्धन समितिका उपाध्यक्ष रबिन्द्रराज पाैडेलले  चापाकाेटमा पर्यटन प्रवर्द्धन गर्न  विभिन्न पहल भैरहेको बताए ।

चापाकोट पर्यटन प्रबर्धन समितिका अध्यक्ष भिम पराजुलीकाे अध्यक्षतामा  सम्पन्न कार्यक्रममा सचिब जिबन सुनार  अन्य बक्ताले समेत महोत्सबको सफलता र चापाकोट क्षेत्रको बिकाशको लागि आफ्नो भनाई राखेका थिए ।”

१ फाल्गुन २०८०, मंगलवार १०:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा