पोखरा, हेम्जा वोर्डिङ स्कुल पोखरा— २५ हेमजाले २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी सुरु गरेको भएको छ । फागुन १ र २ गते दुइ दिन बिबिध कार्यक्रम गरेर बार्षिकोत्सव मनाइने विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।
‘विश्वव्यापी महामारी कोरना लगायत विभिन्न कारण केहि वर्ष बिध्लायको वार्षिकोत्सव कार्यक्रम हुन नसकेको कारण यस पटक ‘वार्षिकोत्सवलाई व्यवस्थित तवरले सम्पन्न गर्नका लागि दुई दिनको कार्यक्रम तय गरेका छौं, प्रिन्सिपल पौडेलले भने ।
कार्यक्रममा विगत चार वर्षको शैक्षिक तथा दुइ वर्षको अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम समेत गरिनेछा।फागुन १ गते नर्सरी देखि कक्षा ३ सम्म र फागुन २ गते कक्षा ४ देखि १० सम्मको कार्यक्रम तय गरिएको छ । वार्षिकोत्सवमा विद्यालयबाट एस.एल .सी र एस.ई.ई.मा उतीर्ण गरी उच्च तहमा पुगेका पूर्व विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
वार्षिकोत्सवलाई सफल बनाउनका लागि यस अघि विद्यालयले भूपू विद्यार्थीको भेला समेत आयोजना गरेको छ । वार्षिकोत्सवलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठन गरेको विद्यालयका संस्थापक माधवशरण पौडेलले जानकारी दिए । वार्षिकोत्सवको पूर्व विभिन्न मितिमा अभिभावकका खेल तथा भूपु विद्यार्थीका खेलहरुपनि समावेश गरिएको खेल शिक्षक विष्णु कुँवरले जानकारी दिए ।















