Play

गण्डकी प्रदेशमा ई–स्पोर्टस संघ गठन, अध्यक्षमा बराल

गुरुकुल खबर


पोखरा,  विश्वमानै आकषर्णको रुपमा ई–स्पोर्टसलाई खेललाई गण्डकीमा प्रवर्द्धन र विकास गर्नका लागि ई–स्पोर्टस संघ गठन गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा पोखरामा सम्पन्न भेलाले बिनोद बरालको अध्यक्षतमा गण्डकी प्रदेश ई–स्पोर्टस संघ तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षद्वयमा श्याम प्रसाद श्रेष्ठ र स्वम्भू कुंवर, महासचिबमा शौरभ ढकाल, सचिबमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिना प्रधान रहेका छन् ।

यसै गरी कार्यसमिति सदस्य अमप्रसाद थापा पुन, सुभाष चन्द्र रोक्का, किरण गोदार, मनोज प्याकुरेल, मिलनजङ्ग कुंवर र प्रज्वल बहादुर बाँनिया रहेका छन् ।

परिषदका बोर्ड सदस्य तथा खेल पत्रकार केशव पाठकको अध्यक्षतामा सम्पन्न भेलामा नवगठित तदर्थ समितिका अध्यक्ष बरालले गण्डकीमा इस्पोर्टस खेलको विकासमा आफूले सक्दो पहल गर्ने बताए ।

१७ माघ २०८०, बुधबार २०:०९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा