Play

र्‍यान्डममा नारायण ढकालको ‘अन्तिम पात’ माथि परिचर्चा

गुरुकुल खबर


पोखरा, पुस २९ गते । र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा नारायण ढकालको पछिल्लो निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा गरेको छ।

सोसाइटीले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत पुस महिनाको १०३ औँ शृङ्खलामा ढकालको सो कृतिमाथि परिचर्चा चलाएको हो । कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै पर्वतका पत्रकार तथा लेखक भूमिराज शर्माले पाठकद्वारा अत्यधिक रुचाइएका निबन्धहरू कृतिमा समेटिएका बताए ।

लेखकका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की निबन्धमा प्रस्तुत भएका उनको भनाइ थियो । पूर्व सांसद्समेत रहेका ढकालले कृतिमा ‘म राजनीतिमा छँदा पातकी थिएँ तर त्यो छोडेपछि असल मानिस बनेको छु ।’ भन्ने अभिव्यक्ति दिनुले समकालीन राजनीतिप्रतिको चरम नैराश्यलाई सङ्केत गरेको शर्माले बताए ।

“यो निबन्ध सङ्ग्रहमा सङ्गृहीत प्रत्येक निबन्धले समाज रूपान्तरणका निम्ति गतिलो सन्देश प्रवाह गरिरहेका छन्” उनले भने, “यी निबन्धहरू यथार्थका साक्षी दस्तावेज हुन् भन्दा अतिशयोक्ति हुँदैन ।” विभिन्न कालव्रmममा लेखिएका यी निबन्धहरूले वर्तमान युगको प्रतिनिधित्व गरेका परिचर्चाकार शर्माको धारणा थियो ।

निबन्धकार ढकालले यो कृति वैचारिक र कलात्मक जीवनको एक महŒवपूर्ण दस्तावेज भएको बताए । कृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानलाई ‘जुठो टपरी’ को संज्ञा दिँदै समस्या मात्र खडा गरेको, समाधानका कुनै उपाय नदिएको भन्दै सो अवसरमा पाठकले लगाएका आरोपबारे स्पष्टीकरण दिँदै ढकालले प्रज्ञा–प्रतिष्ठान जागिर खाने थलो मात्रै बनेको भन्दै असन्तुष्टि जनाए ।

प्राज्ञहरूलाई मासिक तलब वा आजीवन भत्ता दिन नहुने तर कामका आधारमा उपयुक्त पारिश्रमिक दिइनुपर्ने तर्क गर्दै ढकालले सदस्य सचिव पनि साहित्यकार नभई साहित्य बुझेको नेपाल सरकारकै सचिव स्तरको कर्मचारी राख्नुपर्ने जिकिर गरे । अनुसन्धानका क्षेत्रमा प्रशस्त बजेट व्यवस्थापन गर्न पनि उनले सुझाव दिए ।

उनले आफ्नो अखबारी लेखनका क्रममा पाठकद्वारा रुचाइएका २२ ओटा निबन्ध कृतिमा समेटिएको जानकारी दिए । ढकालका प्रेतकल्प, वृषभ बध, शोकमग्न यात्रीलगायत १९ कृति प्रकाशित छन् ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षता र सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा गनेस पौडल, खडानन्द आचार्य, अनुराग अधिकारी, नेपालप्रकाश अधिकारीलगायलते टिप्पणी गरेका थिए ।

सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

२९ पुष २०८०, आईतवार २०:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा