पोखरा, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले चौथो टाइगर कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।
यहि माघ १ गते देखि सुरु हुने ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को अन्तिम तयारी भइरहँदा उनले उक्त कुरा जनाएका हुन् । अध्यक्ष शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण हुने जनाउँदै सम्पूर्ण दर्शकहरुलाई पोखरा रंगशाला आउन आग्रह समेत् गरे ।
“चौथो संस्करण आयोजनाका हिसावले इतिहास रच्दै छ । हामीले तयारीमा कुनै कमि राखेका छैनौं । म संस्थाको अध्यक्षको हैसियतले सम्पूर्णलाई पोखरा रंगशाला आएर खेल अवलोकन गरिदिन अनुरोध गर्दछु”– अध्यक्ष शर्माले भने ।
देश विदेशमा रहेका सबै भलिबल प्रेमीहरुको सहयोगकै कारण चौथो संस्करणको प्रतियोगिता भव्य तयारी भइरहेको जनाउँदै अध्यक्ष शर्माले सबै सहयोगी मनहरु प्रति आभार व्यक्त समेत् गरे । उनले भने–“एक्लो संस्थाले यति ठूलो कार्यक्रम सम्भव नै थिएन । यो प्रतियोगिता यहाँ सम्म आउनुमा सबैको पसिनाको मुल्य छ । म सबै सहयोगीहरुप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।”
नेपाल भलिबल संघको स्विकृतीमा हुने चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लव पोखरा आउने भएको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने छ । प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लवले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । पुरुषतर्फ गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेको थियो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
पोखरा स्पोर्टस