Play

पोखरामा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, रवीन्द्र, सौरभ र हरिप्रसादले बहस गर्ने

गुरुकुल खबर


पोखरा, राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रमसहित गतिविधि गरेर मनाइने भएको छ ।

पृथ्वीचोकमा शाहकै सालिक राखिनुपर्छ भनेर आवाज उठाउँदै आएको राष्ट्र गौरव अभियानले शुक्रबार विभिन्न समुदायको झाँकीसहितको ¥याली, पृथ्वीनारायण शाहको विषयमा केन्द्रीत रहेर बहस गर्न लागेको छ ।

पृथ्वीचोकमा हुने बहसमा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र लेखक तथा इतिहासविद् हरिप्रसाद सोडारी सहभागी हुने अभियान संयोजक सिरोजविजय कोइरालाले जानकारी दिए । यो बहस बुधबार दिउँसो एक बजे सुरू हुनेछ । यो कार्यक्रम सुरू हुनुअघि चिप्लेढुंगादेखि न्यूरोड हुँदै पृथ्वीचोकसम्म ¥याली निकालिने कोइरालाले बताए ।

ठकुरी समाज महासंघ, क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, स्वतन्त्र नागरिक समाज नेपाल, विश्वकर्मा समाज नेपाल, विश्व हिन्दु युवा संघ नेपाल, विश्व हिन्दु महासंघ कास्की, दशनामी समाज कास्की, पतञ्जली सेवा समिति कास्की, इस्लामिक कल्याणकारी समाज कास्की, जलारी समाज कास्की कार्यक्रमको सहआयोजक छन् ।

अभियानसहित राप्रपाले पनि पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पोखरामा ¥याली निकाल्दै छ । अमरसिंहचोकबाट पृथ्वीचोकसम्म ¥याली गर्ने तयारी भइरहेको राप्रपा कास्कीले जनाएको छ ।

२६ पुष २०८०, बिहीबार १२:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा