Play

अधिकृत बिक्रेता संघ पोखराको नया कार्यसमिति, अध्यक्षमा मनोज

गुरुकुल खबर


पोखरामा रहेर विभिन्न सामानहरुको अधिकृत बिक्रेताको रुपमा कार्यरत व्यापारीहरुको संस्था अधिकृत बिक्रेता संघ पोखराको शनिवार सम्पन्न साधारण सभा तथा नवौ अधिबेशनले मानस ईन्टरप्राईजेजका संचालक मनोज कुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

श्रेष्ठ पोखरा उधोग वाणिज्य संघको कार्यसमितिको सदस्य समेत हुन् । पोखराको न्युरोड निवासी श्रेष्ठ लामो समय देखि विभिन्न सामाग्रीहरुको अधिकृत विक्रेताको रुपमा कार्यरत छन ।

कार्यसमितिको सदस्यहरुमा नबराज अधिकारी, बिजेन्द्र शर्मा पौडेल, बिनय राजभण्डारी, भेषराज चापागाईं र अमृत सापकोटा ज्निर्बिरोध निर्वाचित भएको बताईएको छ ।

२२ पुष २०८०, आईतवार १०:१३ मा प्रकाशित
Nabintech