पोखरा । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको शनिवार सम्पन्न २३औं बार्षिक साधारणसभा तथा अधिवेशनले शेर बहादुर कार्की अध्यक्ष रहेको नया कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा ईश्वर प्रसाद सुवेदी,सचिवमा मिनराज तिमिल्सिना, कोषाध्यक्षमा केशव शरण पौडेल, राष्ट्रिय प्रतिनिधिमा बर्षा केशव पराजुली निर्वाचित भएका छन ।
कार्यसमितिको सदस्यहरुमा किरण अधिकारी, दिपक राज घिमिरे, मेनका पौडेल, बृन्दा सुवेदी, कल्पना श्रेष्ठ, जानकी अधिकारी तथा लेखा सुपरिवेक्षण समितिको संयोजकमा केशव प्रसाद ढकाल साथै सदस्यहरुमा किसान परियार र कृष्ण प्रसाद पोखरेल निर्वाचित भएको बताईएको छ ।
गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार भेषराज रिजालले साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाको पुँजी उत्पादन क्षेत्रमा लगानी हुनु पर्ने आवश्यकता औल्याए ।
नीति र विधि विपरित सञ्चालन हुँदा सहकारीमा चुनौती देखिएको उल्लेख गर्दै रिजालले सञ्चालक समितिको गतिविधिका वारेमा शेयर सदस्य सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बखान सहकारी अवार्डबाट सनराईज वचत तथा ऋण सहकारी संस्था र राईफासन सहकारी अवार्डबाट जनसेवा वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रेमसागर अधिकारीलाई सम्मान गरिएको थियो ।
कास्की जिल्लामा ६६० वटा सहकारी संस्थामध्ये ४०५ वटा वचत तथा ऋण सहकारी संस्थामा शेयर पुँजी दुई अर्व, निक्षेप १८ अर्व , ऋण प्रवाह २० अर्व रहेको संस्थाले दुई हजार पाँचसय जनालाई प्रत्येक्ष रोजगार दिंदै आएको साधारणा सभामा अध्यक्ष भेषराज बरालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रमा नेप्सुन केन्द्रीय संचालक सदस्य कमला गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइराला, संस्थाका निवर्तमान अध्यक्ष सुदिपमोहन ढकाल, दुग्ध सहकारीका पुण्यप्रसाद पौडेल, संघका उपाध्यक्ष श्रीकान्त ढुङगाना, सचिव ईश्वरप्रसाद सुवेदी, कोषाध्यक्ष शेरबहादुर कार्की लगायतले कतिपय सहकारी संस्थामा देखिएको समस्या र चुनौतिको सामना गर्नका लागि नियमन निकाय एवम् सरोकारवालाले सकृयता बढाउनु पर्ने खाँचो औल्याए ।