दमौली ,११ पुस ।नेपाली कांग्रेस तनहुँको जिल्ला सम्मेलन तथा वि.पी.स्मृति भवन उद्घाटन गर्न दमौली आएका पार्टी सभापति शेरबहादुर देउवासंग खिचेको तस्बिर जिल्ला सदस्य डम्बर अधिकारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेसगै तनहुँ कांग्रेसको राजनीतिमा विभिन्न चर्चा परिचर्चा हुन पुगेको छ ।
सभापति देउवालाई स्वागत देखि बिदाई समारोहमा सगसगै देखिएका कारण पनि सार्वजनिक तस्बिरको विषयलाई लिएर विभिन्न चर्चा परिचर्चा हुन पुगेको हो । चर्चा परिचर्चा हुने क्रममा जिल्ला सदस्य अधिकारीको सभापति देउवासंगको निकटताको विषयलाई लिएर कांग्रेस वृतमा वहस हुन थालेको छ ।
विद्यार्थीकाल देखि नेविसंघको राजनीतिमा सक्रिय अधिकारी नेपाली विभाजन हुँदाको अवस्थामा समेत प्रजातान्त्रिक कांग्रेस निकट थिए ।पोखरामा तत्कालिन समयमा प्रजातान्त्रिक कांग्रेसको पश्चिमाञ्चल भेला हुँदाको बेला देखि नै जिल्ला सदस्य अधिकारीको सभापति देउवासंग भेटघाट र परिचय हुन पुगेको थियो ।
जिल्ला सदस्य अधिकारी त्यतिबेला देखिनै निरन्तरमा सभापति देउवासंग निकट रहँदै आएको बुझिएको छ ।त्यसलगत्तै पार्टी एक भएपछि पनि जिल्ला सदस्य अधिकारी तनहुँमा सभापति देउवाको पक्षमा खुलेर लाग्ने मध्येमा पर्दथे ।
देउवा निकट अधिकारीले देउवा दुई पटक महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिदाँ समेत खुलेर समर्थन जनाएका थिए ।
१४ औं महाधिवेशनमा नगर सभापतिको उम्मेदवार बन्ने क्रममा समेत अधिकारीले सभापति देउवालाई भेटेर आफू उम्मेदवार बन्ने जानकारी गराएका थिए । यसपटक सभापति तनहुँ आउँदा स्वागत देखि बिदाई सम्म अधिकारी सगसगै रहँदा अझ राम्ररी सम्बन्ध बनाएको बुझिन आएको छ ।
तनहुँ कांग्रेसको आन्तरिक राजनीतिमा प्रभावशाली जिल्ला सदस्यको छवि बनाएका अधिकारीको सभापति यस पटक तनहुँ आगमन थप सम्बन्ध कसिलो बनाएको कांग्रेस वृतमा यतिखेर चर्चा चल्न थालेको छ ।
११ पुष २०८०, बुधबार १९:२९ मा प्रकाशित