Play

फिस्टेल एकेडेमीद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ सम्पन्न

सिकाइ चार दिवारभित्र मात्र हुन्छ भन्ने छैन, वास्तविक सिकाइ समाजबाट नै सिक्ने हो


गुरुकुल खबर


पोखरा, पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ शनिबार सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी खुल्ला रूपमा सिकाइ हुनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘सिकाइ चार दिवारभित्र मात्र हुन्छ भन्ने छैन, वास्तविक सिकाइ समाजबाट नै सिक्ने हो जुन फिस्टेलले सिकाइरहेको छ ।’’ उनले यस्ता खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा ठुलो सहयोग पु¥याउने विचार राखे ।

शनिबार सम्पन्न सेभेन ए साइड फुटबलको फाइनल खेलमा शान्ति निकुञ्ज, लिटिल फ्लावर र शान्तिदीप स्कुलले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । उनीहरूले क्रमशः  रु ७५ हजार, ३५ हजार र २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

५÷५ छात्र बास्केटबलमा आयोजक फिस्टेल एकेडेमी, मनकामना बोर्डिङ स्कुल र अल्फा एकेडेमीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । छात्रा बास्केटबतर्फ काठमाडौँको एनसीसीएस, फिस्टेल एकेडेमी र बालकल्याण स्कुल प्रथम, द्वितीय र तृतीय बने । यी सबै खेलमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

टेनिसतर्फ १६ वर्षुनिको छात्रतर्फ फिस्टेलका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका शास्वत बज्राचार्यलाई २–६, ६–३, ६–३ को सेटमा पराजित गरी प्रथम बने । द्वितीय गण्डकी बोर्डिङका शास्वत बज्राचार्य बन्दा तृतीय स्थान गण्डकी बोर्डिङका डोजन गुरुङ र भद्रकालीका सन्दीप बिकले प्राप्त गरे । छात्रातर्फ मैत्रेय पाठशालाकी शाल्भी शेरचन प्रथम बन्दा शान्ति निकेतनकी अदिती पौडेल द्वितीय र सेन्ट मेरिजकी शरिसा शेरचन ताथ मैत्रेय पाठशालाकी आरुसी तुलाचन तृतीय बने ।

१२ वर्षमुनिको छात्र टेनिसमा फिस्टेलका आर्यशराज पौडेल र गण्डकी बोर्डिङका स्पन्दन उदास  क्रमशः प्रथम र द्वितीय हुँदा गण्डकीका प्रफुल्ल श्रेष्ठ र डोजन गुरुङ तृतीय बने । १० वर्षमुनिको छात्रतर्फ फिस्टेलका आर्यसराज पौडेल, शिशुनिकेतनका इभान भट्टराईले क्रमश प्रथम र द्वितीय स्थान लिँदा शिशुनिकेतनकै ओमयुग थापा र शोभान केसीले तृतीय स्थान प्राप्त गरे । छात्रातर्फ फिस्टेलकी जीवाश्री भट्टराई र सेन्ट मेरिजकी बनी एस मेथलागन क्रमशः पहिलो र दोस्रो बन्दा जिओभानी केसी र सोनाक्षी ढुङ्गाना तेस्रो बने ।

९ वर्षमुनिको छात्रतर्फ शिशुनिकेतनका इभान, फिस्टेलका जीवाश प्रथम र द्वितीय बन्दा शिशुनिकेतनका ओमयुग थापा र प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने । छात्रातर्फ फिस्टेलकी जीवाश्री र गुरुकुल विद्याश्रमकी जिओभानी केसी क्रमशः पहिलो र दोस्रो हुँदा फिस्टेलकी सायना र सेन्ट मेरिजकी बनी एस मेथलागन तृतीय बने । ८ वर्षमुनिको छात्रतर्फ फिस्टेलका जीवाश र ग्लोबल कलेजियटका अनन्त पाण्डे प्रथम र द्वितीय बन्दा प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने ।

पुरस्कार वितरण तथा समापन कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष चिनुरानाभाटको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रथानाध्यापक कमल लामिछानेले गरेका थिए ।

११ पुष २०८०, बुधबार ०९:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा