Play

सात सय कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको बर्चश्व

गुरुकुल खबर


पोखरा, स्याङजाको कोल्मामा सम्पन्न क्रस कन्ट्रि दौडमा आर्मीले बर्चश्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका धावकहरुले बर्चश्व जमाएका हुन् । क्रसकन्ट्री दौडको उपाधि त्रिभुवन आर्मीका गोपाल तामाङले जितेका छनभने आर्मीकै सञ्जय श्रेष्ठ र शुसिल कुमार शाही उपविजेता र सेकेन्ड रनर अप हुन सफल भएका छन् ।

निर्धारित दुरि २५ कि मि १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गर्दै आर्मीका गोपाल तामाङले उपाधि संगै नगद ५० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै निर्धारित दुरि १ घण्टा ३३ मिनेट ४३ सेकेण्डमा पार गर्दै आर्मीकै सञ्जय श्रेष्ठ प्रतियोगिताका उपबिजेता बने ।

श्रेष्ठले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेभने प्रतियोगितामा निर्धारित दुरि १ घण्टा ३४ मिनेट २ सेकेन्डमा पार गर्दै आर्मीकै सुशील कुमार शाहीले तेस्रो स्थान सहित नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

त्यसैगरी २१ वर्ष मुनिको १० किमि पुरुष खुल्ला दौडतर्फ तनहुका सनम गुरुङले ४१ मिनेट १४ सेकेन्डमा पार गर्दै उपाधि हात पारे । उपाधि संगै गुरुङले नगद ३० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे ।

निर्धारित दुरि ४२ मिनेट ४३ सेकेण्डमा पार गर्दै पोखराका तेन्जेन रोका उपबिजेता बन्न पुगे । उपबिजेता रोकाले नगद २० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्रापत गरे । पोखराकै मनोज रोकाले निर्धारित दुरि ४२ मिनेट ५५ सेकेन्डमा पार गर्दै तृतीय स्थान संगै नगद १० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै महिला तर्फको ५ किमिको दौडको उपाधि जुम्लाका राममाया बुढाले हात पारे बुढाले निर्धारित दुरि २१ मिनेट १८ सेकेण्डमा पार गर्दै उपाधि संगै नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । निर्धारित दुरि २३ मिनेट १६ सेकेण्डमा पार गर्दै दाङका सुस्मिता कुमारी चौधरि उपबिजेता बनिन । उपबिजेता चौधरिले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन । प्रतियोगितामा पोखराका नितु तामाङले निर्धारित दुरी २५ मिनेट ३७ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भईन । तामाङले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भइन् ।

प्रतियोगिताका बिजेताहरुलाई बन्जी नेपाल पोखराले बन्जीका लागि समेत फ्री टिकट उपलब्ध गराएको छ । प्रतियोगितामा ११ वर्षीय एन्जिला जिटि सवभन्दा कम उमेर र ५८ वर्षीय गोविन्द नेपालीले समेत सहभागीता जनाएका थिए ।

प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, गण्डकी प्रदेशका पुर्व मन्त्री हरु दिपक चर्ती मगर, मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका पुर्व सांसद मीन प्रसाद गुरुङ, पुतलीबजार नगरपालिका मेयर तुलसिराम रेग्मी, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुत प्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेलकुदको माध्यामबाट ग्रामीण क्षेत्रको बिकासमा थप टेवा पुग्ने वताउदैै कोल्माको बिकासका लागी आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने बताए ।

त्यस्तै गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले सातसय कोल्मा सम्पर्क मञ्चले राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गरी खेलकै माध्यामबाट कोल्मामा पर्यटक भित्रयान सफल भएको वताउदै गाँउको बिकासका लागी सम्पूर्ण राजनैतिक दलहरु एकजुट हुनुपर्ने बताए ।
त्यस्तै पूर्व मन्त्री दिपक चर्ती मगरले खेलकुदकै माध्यामबाट स्याङजा र तनहँको सिमानामा पर्ने कोेल्मालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताए ।

नेकपा एमाले गण्डकी प्रदेशका उपाध्यक्ष तथा पूर्व गण्डकी प्रदेश सभासद मीन प्रसाद गुरुङले कोल्माको बिकासका लागी आफु संधै तत्पर रहेको वताउदै क्रसकन्ट्री दौडलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

पुतलीबजार नगरपालिकाका मेयर तुलसिराम रेग्मीले पुलतीबजार ८ र ९ को बिकास संगै कोल्मा खेलकुद मैदानका लागी नगरपालिकाबाट सहयोग गर्ने वताउदै गाउ फर्किने अभियान कोल्माबाट सुरु भएको र यसलाई अन्य गाउका मानिसहरुले समेत सिको गर्नुपर्ने बताए ।

सो अवसरमा सातौ दक्षिण एसियन कराते खेलमा कुमिते क्याटगोरीमा स्वर्णपदक बिजेता तनहु देवघाट ५ का पार्वती गुरुङलाई सम्मान समेत गरेको थियो । सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुत प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका अक्षयकोष संयोजक चित्र बहादुर गुरुङ, पुतलीबजार नगरपालिका वडा नम्बर ९ का अध्यक्ष लील प्रसाद गुरुङ लगायतले वोलेका थिएभने मञ्चका महासचिव जीवन पोख्रेल र सचिव जीवन थापा मगरले सञ्चालन गरेका थिए ।

८ पुष २०८०, आईतवार १६:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा