Play

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की छनौंटमा ४८ खेलाडी

गुरुकुल खबर


पोखरा, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले यहाँका विभिन्न क्लवबाट ४८ खेलाडी छानेर ४ टिम निर्माण गरेको छ । दुई दिने शिविरमा झण्डै ८० खेलाडी आएका थिए । तिनै खेलाडीबाट टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएका हुन् ।

टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् । दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ, कोचमा रिजन प्रजु तथा म्यानेजरमा पूर्ण न्यौपाने रहेका छन् । त्यस्तै, टिम फेवाको क्याप्टेनमा अभिषेक थापा, कोचमा ऋषिकेस शर्मा पौडेल तथा म्यानेजरमा कमल थापा रहेका छन् ।

ऋषिकेस शर्मा पौडेल र कमल थापा चयनकर्तामा थिए । यस पटकको छनौंटमा खेलाडीहरुको सहभागिता उल्लासमय रहेको पौडेलले बताए । पुष १० देखि जिल्ला छनौंट खेल शुरु हुने आयोजक संघका कोषाध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । छानिएका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै कास्कीको गरिमा बढाउने उनले विश्वास व्यक्त गरे ।

८ पुष २०८०, आईतवार १६:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा