पोखरा, बस चोरेको आरोपमा एक बालक पक्राउ परेका छन् । पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखिएको ग १ ख ९६३८ नम्बरको बस गत शुक्रबार राति तनहुँको म्याग्दे गाउँपालिका वडा ३ का १७ वर्षीय बालकले चोरेर आफैंले चलाएर लगेको प्रहरीको भनाई छ ।
बस चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतमा जानकारी गराई खोजतलास गर्दा बस चलाउँदै लगिरहेको अवस्थामा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं. ११ आँपटारी स्थितबाट चितवन प्रहरीले चेकजाँच गर्ने क्रममा फेला परेको थियो ।
उक्त बससहित वालकलार्ई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।
२४ मंसिर २०८०, आईतवार १६:३५ मा प्रकाशित