Play

विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि तालिम

गुरुकुल खबर


पोखरा, वन्यजन्तु संरक्षणमा व्यवहारिक ज्ञान दिने उद्देश्यले स्याङ्जाको पुतली बजारमा विद्यार्थीहरुका लागि वन्यजन्तु अनुसन्धान विधि तालिम आयोजना गरिएको छ ।

नेपालमा वन्यजन्तु र तिनको वासस्थानको अनुसन्धान र संरक्षणको क्षेत्रमा क्षमतावान् युवापुस्ताको निर्माण गर्ने उद्देश्यले प्रकृतिका साथीहरू संस्थाले विगत एक दशक देखि वार्षिक रुपमा सञ्चालन गर्ने ‘वन्यजन्तु अनुसन्धानविधि तालिम’ दिइएको हो । स्याङ्जा जिल्ला, पुतली बजार नगरपालिका २, भैंसेगौंडा सामुदायिक होम स्टेमा विद्यार्थीहरूले तालिम लिएका हुन् ।

नेपालको वन्यजन्तु संरक्षण, अनुसन्धान क्षेत्रमा व्यवहारिक ज्ञानको निकै आवश्यक भइरहे बेलामा प्रकृतिका साथीहरू संस्थाले वर्षेनी यस्तो कार्यक्रम गर्दै आएको हो । अहिले सम्म १६७ जनाले यो तालिम लिई सकेको र गत वर्ष गरिएको सर्वेक्षणमा करिव ८० प्रतिशत सहभागिले यो तालिम तिनको व्यक्तिगत र ब्यबसायिक जीवनमा सहयोगी भएको बताएका छन् ।

सैद्धान्तिक, व्यवहारिक र प्रयोगात्मक विधिबाट वन्यजन्तु र वनस्पतिको पहिचान, अनुगमन र वैज्ञानिक तथ्याङ्क सङ्कलन तथा प्रकाशनका साथै प्रभावकारी संरक्षण सचेतना अभियान सञ्चालन बारे समेत सम्बन्धित विषयका विज्ञबाट प्रशिक्षण दिने गरिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए।

वरिष्ठ वन्यजन्तुविद् प्राध्यापक करण बहादुर शाह, वन्यजन्तु विज्ञ राजु आचार्य, पन्छी विज्ञ कृष्ण भुसाल, पुतली विज्ञ सुरेन्द्र परियार लगायतका विज्ञले तालिम स्थलमै पुगेर प्रयोगात्मक प्रशिक्षण दिएका छन् ।

अन्य विज्ञ, वैज्ञानिक अनुसन्धानकर्मीहरू सँग अनलाइन कक्षा पनि भइरहेको बताइएको छ । तालिममा विभिन्न विश्व विालयमा स्नातक र स्नातकोत्तर अध्ययनरन १३ जना विद्यार्थीको सहभागीता रहेको छ

२१ मंसिर २०८०, बिहीबार १२:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा