Play

दुर्गा प्रसाईँ घरमै नजरबन्द, दुई दर्जन कार्यकर्ता पक्राउ

गुरुकुल खबर


पोखरा, गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको आन्दोलनविरुद्ध प्रहरीले धरपकट सुरु गरेको छ । उनको नागरिक बचाऊ अभियानले आज तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए तर प्रहरीले उनलाई कार्यक्रमस्थलमा जान नदिई उनको भक्तपुर स्थित घरमै नजरबन्दमा राखेको छ ।

नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरेको छ । उनका पक्षधर तीनकुने जाने तयारी गर्दै गर्दा दुई दर्जन भन्दा बढी पक्राउ परेका छन् । कतिपय खेतको बाटो भएर तीनकुने पुगेका छन् ।

हिजो प्रसाईँले बल्खुमा कार्यक्रम गरेका थिए । उनले आफ्नो आन्दोलन जारी रहने पनि बताएका छन् । उनको आन्दोलनलाई राप्रपा कार्यकर्ताले पनि सहभागी भई समर्थन गरेका छन् ।

८ मंसिर २०८०, शुक्रबार १३:२४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा