Play

पोखराको होटलमा अचेत फेला परेकी महिलाको मृत्यु

गुरुकुल खबर


पोखरा, रेष्टुराँमा काम गर्ने एक महिला कामदार पोखरामा मृत भेटिएकी छन् । पोखराको नागढुङ्गास्थित एक रेस्टुरेन्टमा काम गर्ने ३८ वर्षीया सुकु बिक मृत भेटिएकी हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ८ नागढुङ्गा स्थित शिला रेष्टुरेण्टमा कार्यरत ३८ वर्षीया सुकु बिकको सोही स्थानमा रहेको युनिक होटलमा गएराती शंकश्पद मृत्यु भएको हो ।

प्राप्त जानकारी अनुसार, शिला रेष्टुरेण्टमा बिगत दुई बर्ष अगाडिदेखि काम गर्दै आएकी तनहुँको भिमाद घर भएकी सुकु बि.क. मंगलाबार साँझ करीब ६.५० बजे रेस्टुरेन्ट नजिकै रहेको युनिक होटलमा बास बस्न गएकी थिइन्। तर होटल संचालकले उनलाई १९ः२० बजे अचेत अवस्थामा स्थानीय चरक मेमोरियल अस्पतालमा लगेकोमा अस्पतालले मृत घोषणा गरेको जनाइएको छ । घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ

सुकुको मृत्यु शंकाश्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ भने शब पोस्टमार्टमका लागि साविक पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शब गृह पठाइएको छ ।

 

६ मंसिर २०८०, बुधबार १३:१५ मा प्रकाशित
Nabintech