Play

आफ्नै बुवालाई खुर्पा प्रहार गरी फरार क्षत्री पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा गोधुली संसार पथमा ५२ वर्षीय आफ्नै पिता रामु क्षत्रीलाई मंगलबार खुर्पा प्रहरी गरी फरार छोरा २२ वर्षीय रविनलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई गई घाईतेलाई उपचारको लागि चरक मेमोरीयल अस्पतालमा पठाइएकोमा, उनलाई अपरान्ह डाक्टरद्वारा मृत्यु घोषणा गरेको प्रहीको भनाई छ ।

खुर्पा प्रहार गर्ने छोरा फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय कास्की, मातहततथा अन्यत्र जिल्लामा समेतबाट हुलिया, फोटो सहितको खोजतलासको लागि प्रहरी परिचालन गरिएको थियो ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्ला पाल्पा स्थित प्रभासमा ग २० प ६०४७ नम्बरको मो.सा. सहित नियन्त्रणमा लिई कास्कीमा ल्याई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।

२९ कार्तिक २०८०, बुधबार १३:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा