Play

शुक्ला साहित्य प्रतिष्ठान र भुतपुर्व विद्यार्थी मञ्चद्वारा विन्ध्यवासिनी मा.विलाई सम्मान

गुरुकुल खबर


पोखरा, सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो वन्न सफल पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ ।

शुक्ला साहित्य प्रतिष्ठान पोखरा र भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई सम्मान गरेका हुन् । दुवै संस्थाले नेपालीका चाडपर्वको अवसरमा आईतवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खची, मञ्चका अध्यक्ष समेत रहेका प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराईलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

विद्यालयले एस ई ई परिक्षामा देशभरवाट सर्वोत्कृष्ट स्थान हासिल गरेको र कक्षा १२ मा पनि उत्कृष्ट नतिजा ल्याई यस क्षेत्रकै गौरव वढाएको भन्दै सम्मान गरिएको वताईएको छ ।सोही अवसरमा गण्डकी आईडल स्टार सिजन चारका नृत्य तर्फका विजेता पोखरा १९ चितेपानी निवासी करिना गहतराजलाई पनि नगद सहित सम्मान गरियो ।

कार्यक्रममा वोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खचीले समाजको विकास र उत्थानमा साहित्यीक संस्थाले लेखन र आवाज मार्फत योगदान पुर्याएको बताए । सोही अवसरमा भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले आफ्ना आजिवन सदस्यलाई प्र्रमाणपत्र वितरण गरेको छ । कार्यक्रममा प्रतिष्ठानले गत भदौंमा आयोजना गरेको खुला कृष्ण भजन प्रतियोगिताको आय व्यय पनि सार्वजनिक गर्यो ।

कार्यक्रमवाट १२ लाख ३६ हजार संकलन भएकोमा ६ लाख ८१ हजार खर्च भई ५ लाख ५५ हजार वचत भएको प्रतिष्ठानले जनाएको छ ।वचत रकम भजन प्रतियोगिता संचालनका लागी अक्षयकोष स्थापना गरी राखिने अध्यक्ष हरि वहादुर वरुवालले जानकारी दिए । प्रतियोगितामा अर्थ संकलनमा उल्लेखिय भुमिका निर्वाह गर्ने प्रतिष्ठानका सदस्य रुपा केसीलाई पनि सम्मान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष वरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष दुर्गादेवी वस्नेत र संचालन मञ्चका सचिव भीमवहादुर गायक तथा प्रतिष्ठानका सचिव दिपेन्द्र वाँनियाले गरेका थिए । कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विरमा माल्र्यापण गरि स्मरण गरिएको थियो ।

 

२८ कार्तिक २०८०, मंगलवार १३:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा