Play

कोरला नाका पुनः संचालनको तयारी

गुरुकुल खबर


पोखरा, कोरला नाका पुनः संचालनको तयारी अगाडि बढाइएको छ । चार वर्षपछि मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना बनाइएको छ ।

मुस्ताङ स्थित लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको जनाइएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुगुरुङले २० फिट लम्बाइ र दश फिट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको बताए ।

‘कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन् । नेपालमा थिएन । चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो’, उनले भने, ‘चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् ।’

चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन् । भन्सारको कारोबार तथा जाँच लोमान्थाङ–२ नेचुङको कार्यालयबाट गर्ने तयारी भएको छ । आजै सोमबारदेखि कोरला नाका सञ्चालनको तयारी भएको छ ।

२७ कार्तिक २०८०, सोमबार १२:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा