Play

पटका र आतासवाजी नियन्त्रणमा लिई नष्ट

गुरुकुल खबर


पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न किसिमका पटका, आतसवाजी तथा लंगुरबुर्जा÷ खोरखोरेका सामग्रीहरु नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ ।

उक्त कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा विभिन्न स्थानबाट समाजमा आतंङ्क मच्चाउने र ध्वनी प्रदुषण गर्ने खालका पटका, आतसवाजीहरु नियन्त्रणमा लिई नष्ट गरेको हो ।

आतसवाजीमा प्याङ्गुईन कोव्रा खुर्सानी बम ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानि बम४७ प्याकेट, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोली बम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे ८० प्याकेट, एटम बम १४ वटा, डबल बम १० वटा, गमला बम १७ वटा, २५ चक्र बम २५ वटा, खुर्सानी बम–९८ सेट (२७४४ पिस), सानो पटका– ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिएको प्राप्त खबरमा उल्लेख छ ।

साथै विभिन्न स्थानबाट लंगुरबुर्जा, खोरखोरेका सामाग्रीहरु ३०५ वटा गोट्टी, बाल्टी, जग, म्याट आदी सामाग्री समेत नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीको भनाई छ ।

२६ कार्तिक २०८०, आईतवार १२:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा