Play

खेलाडी कल्याणकारी कोषमा फिसटेल रेसको आयोजक भिआर–४६ को २५ हजार सहयोग

गुरुकुल खबर


पोखरा, प्रदेश खेलकुद परिषद गण्डकीको खेलाडी कल्याणकारी कोषमा फिसटेल रेसको आयोजक संस्था भिआर–४६ ले नगद रु २५ हजार सहयोग गरेको छ ।

भिआर–४६ का प्रवन्ध निर्देशक माइकल थापाले कल्याणकारी कोषमा नगद रु २५ हजार सहयोग हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि सो कोषमा ५ लाख प्रदान गरेको छ ।

भिआर–४६ सो कोषमा रकम दाखिला गर्ने पहिलो संस्था समेत भएको छ । खेलाडी कल्याणकारी कोषमा नगद रु २५ हजार जम्मा गरेको बताउँदै प्रवन्घ निर्देशक थापाले खेलाडीहरुको हितका लागि सहयोग गर्न पाएकोमा आफू हर्षित भएको बताए । उनले भने–“यो कोषको विषयमा जानकारी पाउँदा मलाई निकै खुसी लाग्यो । आफू पनि एक खेलाडी र प्रशिक्षक भएको नाताले यसमा रकम जम्मा गर्न पाँए नै त्यसमा पनि मेरो संस्था पहिलो भयो ।”

भिआर–४६ ले खेलाडी कल्याणकारी कोषमा नगद सहयोग गरेकोमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आभार व्यक्त गरेका छन् । “यो नितान्त खेलाडी, प्रशिक्षक, रेफ्रि र खेल प्राविधिकहरुको हितका लागि गरिएको कोषको व्यवस्था हो”, उनले भने–“भिआर–४६ ले यसमा सहयोग गरेको छ । म आभार व्यक्त गर्दछु संगै यस्तै अन्य संघ संस्थाहरुलाई समेत कोषमा सहयोगका लागि आह्वान गर्दछु ।”

सो कोषको सञ्चालनका लागि बैंक खाता समेत खोली रकम संकलनको सुरुवात गरिसकेको सदस्य सचिव श्रीधर शर्माले बताए । सबै जिल्लामा सूचिकृत भएका रेफ्रि, प्राविधिक र खेल प्राविधिकहरुको लगत संकलन कार्य सम्पन्न भइसकेको जनाउँदै उनले जिल्लाहरुबाट संकलित रकम समेत सोही खातामा जम्मा हुने बताए । जिल्लामा सूचिकृत भएका रेफ्रि, प्राविधिक र खेल प्राविधिकहरुको वार्षिक जोखिम विमा र खेलाडीहरुको हकमा प्रतियोगिता अवधिभर कम्तिमा एक महिनाको विमा हुने गरी परिषदले राष्ट्रिय विमा संस्थान संग छलफल अघि बढाएको सदस्य सचिव शर्माले जनाए । उनले भने–“अहिले सबै जिल्लाको लगत संकलन कार्य भइरहेको छ । त्यो कार्य सकिने वित्तिकै हामी विमा गर्ने छौं”, उनले भने ।

भिआर–४६ ले पोखरामा नोभेम्बर २४ र २५ तारिख (मंसिर ८–९ गते) नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ आयोजना गर्दैछ । जसमा ७० भन्दा बढिले सहभागिता जनाउँदै छन् । उक्त प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुनेछ । भिआर–४६ ले रंगशाला परिशर भित्रको बाटोलाई फिसटेल रेस रुटको रुपमा मापन समेत गरिसकेको छ ।

२३ कार्तिक २०८०, बिहीबार १४:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा