Play

लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

गुरुकुल खबर


पोखरा, लागू औषध ब्राउन सुगर ओसारपसार गरेको आरोपमा सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा म.न.पा. वडा नं.१७ दोभिल्ला बस्ने वर्ष २१ का कौशल पुन मगर, सोही वडा नं.१३ बाँझपाटन बस्ने वर्ष २१ का प्रशान्त गुरुङ र पोखरा म.न.पा.वडा नं.२१ कस्यार बस्ने बर्ष २१ का अनिस सुनारको साथबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १२ ग्राम ४० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

सोमबार अपरान्ह जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२१ कश्यारघाट नजिक लागू औषध वेचविखन भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीलेले उनीहरलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट दिन १० म्याद थप गरी लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाइएको छ ।

२१ कार्तिक २०८०, मंगलवार ११:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा