Play

लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

गुरुकुल खबर


पोखरा, लागू औषध ब्राउन सुगर ओसारपसार गरेको आरोपमा सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा म.न.पा. वडा नं.१७ दोभिल्ला बस्ने वर्ष २१ का कौशल पुन मगर, सोही वडा नं.१३ बाँझपाटन बस्ने वर्ष २१ का प्रशान्त गुरुङ र पोखरा म.न.पा.वडा नं.२१ कस्यार बस्ने बर्ष २१ का अनिस सुनारको साथबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १२ ग्राम ४० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

सोमबार अपरान्ह जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२१ कश्यारघाट नजिक लागू औषध वेचविखन भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीलेले उनीहरलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट दिन १० म्याद थप गरी लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाइएको छ ।

२१ कार्तिक २०८०, मंगलवार ११:४३ मा प्रकाशित
Nabintech