Play

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड पुष २६ गते देखि सुरु हुने

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आगामी पुष २६ देखि २८ सम्म गते देखि हुने भएको छ ।

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बुधबार पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुषको दोश्रो साता सम्म सबै जिल्लास्तरिय प्रतियोगिताहरु सम्पन्न गर्ने गरि निर्णय समेत गरेको छ ।

उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिब शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।

उक्त प्रतियोगिताका लागि ११ वटै जिल्लाबाट जिल्लास्तरिय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागिता रहने छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरु हुनेछन् । प्रतियोगिता र्मार्शल आर्ट खेल तर्फ छात्र/छात्रा तेक्वान्दो, उशु र कराँते हुनेछन् भने टिम गेमतर्फ छात्र/छात्रा कबड्डी, भलिबल र एथलेटिक्स खेलहरु सञ्चालन हुने प्रावधान रहेको छ । यस वर्ष मार्शल आर्ट खेलमा केही इभेन्ट थप गरिएको छ भने टिम गेममा समेत एक–एक जना खेलाडी थप गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न संघिय सरकारबाट हरेक पालिकाहरुलाई एक–एक लाख, गण्डकी प्रदेशका ११ जिल्लाहरुलाई कुल ४३ लाख र गण्डकी प्रदेशस्तरियका लागि २२ लाख बजेट बिनियोजन गरेको छ भने गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि थप २५ लाख बजेट विनियोजन गरेको सदस्य सचिब शर्माले जानकारी दिएका छन् ।

सम्पन्न बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु, विभिन्न ६ खेलका पदाधिकारीहरु तथा प्रतिनिधीहरु, आयोजक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

१६ कार्तिक २०८०, बिहीबार १५:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा