Play

पार्टीमा विना स्वार्थ दुःख गरेकाहरुलाई स्थान दिनुपर्छ: केन्द्रीय सदस्य शारदा पौडेल

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले पार्टी भित्र भएको नकारात्मक विषयमा बोल्न कार्यकर्तालाई निर्देशन दिएकी छिन् ।

नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिद्वारा आयोजित विजया दशमी, दिपावली, छठ, इद तथा नेपाल सम्वतको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश, जिल्ला, नगर, गाउँपालिका तथा सबै तहका जिम्मेवार पद धारण गर्ने कांग्रेसी नेतृत्वलाई सकारात्मक भएर गुटरहित ढंगको व्यवहार गर्न आग्रह गरेकी हुन् । संविधान सभाका पूर्व सदस्यसमेत रहेकी नेता पौडेलले कार्यकर्ताको भावनाको कदर सबै तहमा अनिवार्य भएको बताइन् ।

धादिङ पोखरा सम्पर्क समितिका सभापति कमलबहादुर पाण्डेको अध्यक्षतामा भएको सभामा केन्द्रीय सदस्य पौडेलले भनिन्, ‘जवसम्म फलानोको मान्छे भनेर नेता बन्ने चलन अन्त्य हुँदैन, तवसम्म कांग्रेस बन्दैन ।’उनले भनिन्, गठबन्धनले कांग्रेसलाई कमजोर बनायो, नेतालाई देवत्वकरण गरियो, चोरबाटोबाट पद र सम्मान खोज्ने नीतिलाई पार्टीले गहन ढंगबाट लिने बताइन् । उनले नेपाली कांग्रेस जिल्ला तहको नेतृत्व के गरिरहेको छ भन्दै पार्टीमा विना स्वार्थ दुःख गरेकाहरुलाई उचित स्थान दिन निर्देशन दिइन् ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगर वडा नं ६ का सभापति सन्तोष पौडेलले नेपाली जनताले शासकीय स्वरुपको प्रश्नलाई कांग्रेसले सम्वोधन गर्न नसकेको बताए । नेता पौडेलले आशालाग्दो योजना कांग्रेसले वर्तमान राज्यव् यवस्थामा दिन नसक्दा जनताको बीचमा जान कठिन भएको बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेका पोखरा ७ का सभापति नवीनराज बरालले आर्थिकरुपले मुलुककमजोर बनेको अवस्थामा कांग्रेसकै अर्थमन्त्री हुँदा नभएको अभाष जनताले गर्नु भविष्यको कांग्रेस संकटमा पर्नु भएको बताए । गठबन्धनमा कम्युनिष्टले गरेको गल्तीको भागिदार समेत कांग्रेस बन्न परेको बताउँदै नेता बरालले नेताहरुको मनोमानीले कार्यकर्ताको भावना बुझ्न नसकिने ठोकुवा गरे ।

कार्यक्रममा नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिका संस्थापक सभापति केदार धमलाले कांग्रेस पार्टी सरकारमा भए पनि कर्मचारी, विद्यार्थी तथा हरेक तहका श्रमिकलाई कुनै न्याय दिन नसकेको बताए । धमलाले नीतिगत सुधारमा २०४७/०४८ तिर जति भयो, त्यसमा कांग्रेसले कुनै सुधार गर्न नसक्नु आगामी ०८४ मा हुने निर्वाचनमा पछि पर्नु भएको बताए ।

समितिका सचिव श्यामबहादुर इटनीको सञ्चालनमा रहेको कार्यक्रममा समितिका वरिष्ठ उपसभापति माधव लम्सालले शुभकामना सहित स्वागत गरेका थिए भने कार्यक्रम संयोजक भूपेन्द्र सिलवालले कार्यक्रम माथि प्रकाश पारेका थिए ।

शुभकामना दिँदै सम्पर्क समितिका वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठले भ्रष्टाचार लगायत अन्य विषयमा कांग्रेसले किन अडान लिन सक्दैन, पार्टीका नेताहरु किन लोभी र पापी बन्दै गयो, किन राम्रो काम गर्न सक्दैन, हामीले के मागेका छौं र ?, केवल कांग्रेस राम्रो होस्, कार्यकर्ताले छाति फुलाएर हिड्न पाओस् यत्ती पनि किन गर्न सक्दैन भन्दै कडा प्रश्न गरेका थिए ।

कार्यक्रममा सल्लाहकार टेकबहादुर थपलिया, यादुप्रसाद ढकाल, उपसभापति सीता श्रेष्ठ, किश्वर भट्ट, देवराज अर्याल, शान्ता धरेल, लालकाजी श्रेष्ठ,जानुका अधिकारी, तपन गुरुङ लगायतले शुभकामना दिएका थिए ।

२७ आश्विन २०८०, शनिबार १४:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा