Play

कास्की क्रिकेटलाई पोखरा महानगरस्तरीय अन्तर क्लव क्रिकेट उपाधी

गुरुकुल खबर


पोखरा, कास्की क्रिकेट क्लवले पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताकाृ उपाधी जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा मंगलबार भएको फाइनल खेलमा साँग्रिला क्रिकेट क्लवलाई ५७ रनले पराजित गर्दै कास्की क्लवले सो उपाधी रक्षा गरेको हो ।

टस जितेर व्याटिङ गरेको कास्कीले पुरा २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कास्कीका लागि रिजन प्रजुले ३५ तथा आयुष सैंजुले ३४ रन जोडे । साँग्रिलाका बलरहरु आदर्श झाले ३ तथा विपिन खत्री र सिब्रिन श्रेष्ठले समान १ विकेट लिए ।

जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको साँग्रिलाले १७ औं ओभरमा सम्पूर्ण विकेट गुमाएर ८४ रन मात्रै जोड्न सक्यो । साँग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक २८ तथा सिब्रिन श्रेष्ठले १२ रन बनाए । कास्की क्रिकेटका नितेश गिरीले ४ विकेट लिए ।

प्रतियोगिताभर १ सय ४० रन जोड्दै ५ विकेट समेत लिएका साँग्रिलाका सिब्रिन श्रेष्ठ म्यान अफ द सिरिज भए । त्यस्तै प्रतियोगिताभर कूल १० विकेट लिंदै कास्की क्रिकेटका नितेश गिरी उत्कृष्ट बलर तथा कूल १३३ रन बनाएका साँग्रिलाका अरुण अधिकारी उत्कृष्ट व्याट्स्म्यान भए ।

विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पोमनपा–१५ का वडाध्यक्ष तोरण बानियाँ, आयोजक समितिका अध्यक्ष दिपकबहादुर गोदार, सदस्य सचिव सुवास खड्का, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल, सदस्य देवेन्द्र प्रजु, ऋषिराम गौतम, पोखरा महानगर क्रिकेट संघ अध्यक्ष विरेन्द्र पुन, उपाध्यक्ष गोविन्द प्रधान, कोषाध्यक्ष ऋषिकेश सर्मा लगायतले शिल्ड मेडल प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए । पोखरा महानगर क्रिकेट संघका सचिव कपिल गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

२४ आश्विन २०८०, बुधबार १६:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा