Play

मिजुरे मिलन कफी उत्पादक सहकारीको नवौं साधारणसभा

गुरुकुल खबर


पोखरा, मिजुरे मिलन कफी उत्पादक सहकारी संस्था मादी ८ को नवौं साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अथिति मादी गाउँपालिका ८ का वडाध्यक्ष प्रेम गुरुङले सहकारीलाई अगाडि बढाउन गाउँपालिककातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कफी उत्पादनसहित जीविकोपार्जनमा सहयोग पु-याउने उद्देश्यले गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सहकारी नागिधारमा स्थापना गरिएको सो अवसरमा जानकारी गराइएको थियो ।

सहकारीमा गुड नेर्वस इन्टरनेशनल नेपालका आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपाल द्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सहयोग रकम २६ लाख, ५२ हजार ५७८ रहेको र यसका साथै घुम्ती कोषबाट बाख्रापालन, कुखुरापालन, बंगुरपालन, मौरीपालन, भैसीपालनलगायतका विभिन्न पेशा व्यवसाय गर्ने निम्न आय भएका व्यक्तिलाई सहयोग गर्दै आएको सहकारी व्यवसाय विकास अधिकृत सञ्जिपबहादुर बरालले बताए ।

कार्यक्रम मिजुरे मिलन कफी उत्पादक सहकारी संस्थाका अध्यक्ष राजकुमार गुरुङले गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक

विकास परियोजनाले कास्की जिल्ला भित्रका प्रायोजित बालबालिकालाई आवश्यक स्वेटर खरिद गरी व्यवसायलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
सहकारीको हालसम्म शेयर पूजी ५ लाख, ४५ हजार र बचततर्फ २२ लाख ५ हजार २५० रहेको छ ।

निवर्तमान अध्यक्ष बाबुराम क्षेत्रीले सहकारीलाई आगामी दिनमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सबैले चिन्तन गर्नुपर्ने धारणा राखे ।

सभाका वक्ताले सहकारीको व्यवसाय होजियारी स्वेटर व्यवसायलाई आगामी दिनमा कसरी अगाडि बढाउने र सहकारीले आम्दानीका विभिन्न पाटाहरूमा कसरी काम गर्ने भन्ने विषयमा सबैको सोच्नुपर्ने धारणा राखेका थिए ।

 

२३ आश्विन २०८०, मंगलवार १३:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा