Play

रात्रीकालिन व्यवसाय संचालनसँग सम्बद्ध कर्मचारी तथा संचालकलाई सुरक्षात्मक प्रशिक्षण

गुरुकुल खबर


पोखरा, रात्रीकालिन व्यवसाय संचालनसँग सम्बद्ध कर्मचारी तथा संचालकलाई सुरक्षात्मक एवं कानुनी सचेतना प्रदान गरिएको छ ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा राइट फर चिल्ड्रन संस्थाको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो ।

लेकसाइडमा आयोजित कार्यक्रममा सो ठाउँ स्थित रात्रिकालिन रूपमा सञ्चालित व्यवसायहरू (डान्स बार, क्लव, दोहोरी तथा होटल) आबद्ध महिला कर्मचारीहरूका साथै सञ्चालकहरूलाई कार्यस्थलमा हुन सक्ने महिला हिंसा, यौन दुरव्यवहार तथा अन्य महिला माथी हुन सक्ने विविध घटनाहरूको विषयमा सुरक्षात्मक एवं कानुनी सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको प्रमुख आतिथ्यता तथा पोखरा महानगरपालिका वडा नं.६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराई, पोखरा स्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी तथा सञ्चालकहरू लगायत २१० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि.क.ले सुरक्षात्मक एवं कानुनी सचेतना मूलक प्रशिक्षण प्रदान गरेको तथा प्रहरी निरीक्षक समिक्षा घिमिरे र अभिवक्ता कुन्जनी परियारले समेत अन्तरक्रिया गरेका थिए ।

१६ आश्विन २०८०, मंगलवार १२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा