Play

मणिपाल घटनामा कमाण्ड सम्हाल्न नसकेको भन्दै प्रहरी अधिकृतको सरुवा

गुरुकुल खबर


पोखरा, मणिपाल घटनामा आफ्नो कमाण्ड सम्हाल्न नसकेको भन्दै प्रहरी अधिकृतको सरुवा भएको छ । मणिपाल अस्पताल डाक्टर कुटपिट प्रकरणमा कम्जोरी गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेदप्रकाश जोशीलाइ सरुवा गरिएको हो ।

जोशीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको जनाइएको छ । अब बैदामको नेतृत्व डीएसपी राजेन्द्र श्रेष्ठले पाएका छन् ।

मणिपाल अस्पताल वडा प्रहरी कार्यालय बगरको कार्यक्षेत्र भित्र पर्ने भएपनि त्यसभन्दा माथिको पोष्टमा रहेका डिएसपी जोशीलाई थप मद्धतका लागि सुरक्षा नेतृत्वको जिम्मा प्रदान गरिएको थियो । प्रहरीले डाक्टरहरुलाई कुट्नू र इन्सपेक्टरले मनलाग्दी अश्लिल बोल्दै डाक्टर कुटेको बताउनू नै प्रहरीको कमजोरी रहेको प्रष्ट देखिन्छ ।

यस्तै, मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका बेला ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोसित भीडसामू अपशब्द बोल्ने प्रहरी निरीक्षक मदन श्रेष्ठले निलम्बनको सामना गर्नु परेको छ ।

सोमबार मणिपाल अस्पतालमा उपचाररत लमजुङकी ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भई डाक्टरमाथि कुटपिट भएको थियो । चिकित्सकहरु सेवा नै ठप्प पारी आन्दोलित छन् ।

मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ । मणिपाल प्रकरणमा अहिले पनि चिकित्सक र मृतकका आफन्तबीच तनाब विद्यमान नै छ ।

११ आश्विन २०८०, बिहीबार १२:३८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा