Play

प्रधानमन्त्री प्रचण्ड बेइजिङमा, नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने

गुरुकुल खबर


पोखरा, प्रधानमन्त्री प्रचण्ड चीनको बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणमा लागि शनिबार उनी हाङ्झाउ पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आइतबार स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ पुगेका हुन्। उनले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने तालिका छ । यो सम्मेलन चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेका हुन् ।

सम्मेलनमा लगानी सम्बन्धी चर्चा हुने छ । यसमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी उपस्थित हुने छन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुने बताइएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा साँभ रात्रीभोजको आयोजना गर्ने तालिका छ ।

७ आश्विन २०८०, आईतवार १५:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा